काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन । कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्युनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन ।
कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको तर्फबाट विषयवस्तुको प्रस्तुतीकरण गरेका थिए । उनले तरलता समस्याको कारण कोषले सहभागीहरुलाई प्रवाह गर्ने ८० प्रतिशत ऋण सापटीको माग बढि रहेको, सहभागी आवास तथा सरल कर्जाको मागमा पनि बृद्धि भएको, बिभिन्न बँैकहरुबाट जारी गर्ने डिबेन्चर निस्काशनमा बृद्धि हुन थालेको, खुल्ला बजार नीति अनुरुप माग र आपूर्तिको आधारमा व्याजदर कायम नभएकोे बताए ।
उनले १५ भदौसम्मको तथ्याकं अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैँकिग क्षेत्रमा रहेको जानकारी दिए । २०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैँया रहेको र १ खर्ब ९४ अर्ब लगानी रहेको पनि नेपालले जानकारी गराए । नेपाल बैकर्स एसोसियसनका अध्यक्ष अनिलकुमार उपाध्याय, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याको बारेमा धारणा राखेका थिए ।
कोष संचालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादर थापाले कोष र बैकहरुले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्युनीकरण गर्नेतर्फ विशेष जाड दिनुपर्ने खाँचोे औल्याए । उनले कोषले अर्थतन्त्रमा योगदान पु¥याउने तर्फ कार्य गरीरहेको र यस्तो कार्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउन प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया