मिनभबन क्याम्पसमा विशिष्ट श्रेणीका कर्मचारीद्वारा आर्थिक घोटाला

- September 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

   बैठकभत्ता र अन्य सेवासुविधाको नाममा रकम निकासा

काठमाडौं । क्याम्पस प्रमुख र विद्यार्थी कल्याण प्रमुखकोे गोप्य योजनामा गरिव विद्यार्थीको नाममा नक्कली कागजात बनाएर लाखौ रुपैयाँ अग्रीम भुक्तानी गरि अनियमितता गरेको फेला परेसंगै विभिन्न बैठकभत्ताको नाममा लाखौ रुपैयाँ निकासा गरिएको भेटिएको छ । ढिलो गरि तीव्रखबरलाई प्राप्त कागजातअनुसार एकातर्फ नक्कली विद्यार्थीदेखि सक्कली विद्यार्थीकै नाममा किर्ते कागजता (हस्ताक्षर) गरेर नेपाल कमर्स क्याम्पस मिनभबनबाट लाखौं रुपैयाँ अग्रीम भुक्तानी दिएको विवाद नमिल्दै कर्मचारीकै नाममा लाखौ रुपैयाँ निकासा समेत भएको पाईएको छ ।

विवरण अनुसार सो क्याम्पस विद्यार्थी कल्याण प्रमुख लालबहादुर बस्नेतको सिफारिस तथा तत्कालिन क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवालको स्वीकृतिमा विविएस दोस्रो वर्ष २०७४ समुह को ‘छात्रबृत्ती समिति २०७८’ को नाममा बैठक बसेको कागजात बनाउदै लाखौ रुपैयाँ भुक्तानी गरेको भेटिएको छ ।

सो समितिमा ८ जना पदाधिकारी रहेकोमा एक जनाले मात्र हस्ताक्षर गरेर बैठकभत्ता निकासी गरेको पाईएको छ । २०७८ असोज २ गते तत्कालिन क्याम्पस प्रमुख सिलवालको अध्यक्षतामा सो समुहको ‘प्रथम बैठक’ बसेको उल्लेख गरिएको छ । त्यसैगरी, २०७८ असोज ६ गते पनि उनै प्रमुख सिलवालकै अध्यक्षतामा सोही समुहको ‘प्रथम बैंठक’ नै भनेर क्याम्पस विद्यार्थी कल्याण विभागका प्रमुख तथा सो समितिका सदस्य सचिब लालबहादुर बस्नेतको एकल हस्ताक्षरमा बैठक भत्तालगायत अन्य खर्च भन्दै रकम निकासा गरेको कागजातबाट खुलेको छ ।

सो समितिमा ८ जना पदाधिकारीको नाम उल्लेख भएपनि बैठक भत्ता भने १२ जनाको नाममा निकासा भएको छ । जसमा क्याम्पस प्रमुख सिलवालले ४ हजार ८०, बस्नेतको नाममा ४ हजार ८० र तत्कालिन समयमा अमेरिका बस्दै आएकी निमित्त शाखा प्रमुख श्रीमती सरस्वती पौडेलको नाममा पनि प्रत्यक पटकको बैठकभत्ता भन्दै ४ हजार ८० रुपैयाँ दरमा रकम निकासा गरि हिनामिना गरेको खुलेको छ । उनीहरुले बस्दै नबसेको बैंठकमा समेत भत्ता लिदै आएको भेटिएको हो ।

क्याम्पसको रेकर्डभन्दा बढी र अबैधरुपमा नाम समाबेश
क्याम्पसको रेकर्डभन्दा बढी र अबैधरुपमा नाम समाबेश

न्यूनतम ८ वटा बैंठक बसेको भन्दै प्रति बैठक ६ सय रुपैयाँको दरमा बस्नेत र सिलवालले ८ पटक बसेको बैठकभत्ता ४ हजार ८ सय रुपैयाँ भएको त्यसमा करकट्टी ७२० रुपैयाँ गरेर खुद ४ हजार ८० रुपैयाँ भुक्तानी लिएको कागजातबाट खुलेको छ । जहाँ बैठक बसेको भनेको दिनमा लालबहादुर बस्नेतको मात्र उपस्थितीमा हस्ताक्षर भएको छ । भने अन्य ११ जनाको विना हस्ताक्षर रकम निकासा गरिएको भेटिएको हो ।

२०७८ मंसिर २४ गते बसेको भनेको बैंठकमा १२ जनाकै हस्ताक्षर विना रकम लालबहादुर बस्नेतले सदर गरेर निकासा गरेको समेत पाईएको छ । स्मरण रहोस्, तत्कालिन समयमा अमेरिका बस्दै आएकी सरस्वती पौडेललाई क्याम्पसको व्यवस्थापकबाट २०७८ कार्तिक ७ गते निमित्त शाखा प्रमुखको पदको जिम्मेवारी दिएको पत्रबाट खुलेको छ । तर, तत्कालिन क्याम्पस प्रमुख सिलवाल र बस्नेतको मिलिमतोमा पौडेललाई नियुक्त हुन अघिनै सो पदको हैशियतबाट बैठकभत्ता दिदै आएको भेटिएको छ । कार्तिक ७ गते नियुक्त भएपनि पौडेललाई असोज ६ गते अर्थात एक महिना अघिनै निमित्त शाखा प्रमुखको रुपमा ७ नम्बरमा नाम राखी छात्रबृत्ती समिति २०७८ को समितिको पदाधिकारी बनाई सकेको भेटिएको छ ।

पदको जिम्मेवारी दिनु एक महिना अघिनै निमित्त शाखा प्रमुखको हैशियतमा पौडेललाई कुन ऐनअनुसार बैठकभत्ता र अन्य सेवासुविधा क्याम्पसबाट उपलव्ध भयो भन्ने बारेमा अहिले चौतर्फी चासोको विषय बनेको छ । यसरी करोडौँ विद्यार्थीलाई दीक्षित गर्ने संस्थाहरू नै यति साह्रो अनियमितताको शिकार भएका हुन्छन भन्ने कमैले आंकलन गरेका होलान् ।

यो हर्कतले श्रेणीगत् शैक्षिक प्रमाणपत्र वितरण गर्ने संस्था नै यतिविघ्न विशिष्ट तहको भ्रष्टाचारमा मुछिन्छ भन्ने सोच्नपनि विद्यार्थीहरुले सकिरहेका छैनन् । यसरी अबैध हर्कत गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हजारौ उजुरी परेपनि सो माथी कुनै छानविन नभएकोकै कारण क्याम्पसमा अनियमिता झन मौलाउदै आएको छ ।

तत्कालिन क्याम्पस प्रमुख सिलवाल र बस्नेत

टापटिपे, सहज, भनसुन्, चलायमान, हार्दिक, नीतिगत, सहभागितामूलक, निर्देशनात्मक, नियोजित र अपराधिक जुनसुकै भ्रष्टाचार होस, शिक्षामा सबैको प्रवेश भएकै देखिन्छ । शैक्षिक क्षेत्र जहाँ ज्ञान लिने र दिने काम गरिन्छ । यो क्रममा अनेक मोहडाहरूको सामना गर्नुपर्दछ । पढ्नु, पढाउनु, लेख्नु र लेखाउनु शिक्षक र विद्यार्थीको सम्पूर्ण कार्य हो ।

तर, समय फेरिँदै गएको छ । अनियमितताले राष्ट्रनै गाँज्दैजाँदा शैक्षिक क्षेत्रका बिकृतिहरूपनि अब धरातलमै देखिन थालेका छन् । कारण अनेक हुन सक्छन् तर खुलमखुला राजनीतिक नियुक्ती भारी पल्लाभित्र भएको देखिन्छ । मिलाउँदै खाने र खुवाउने गतिविधि परम्परा बन्दैजाँदा यी बेथितिहरू आगमन हुँदै गएका छन् । भ्रष्टाचार गर्ने शैली फेरिएको छ तर अनियमितता घटेको छैन उल्टै वृद्धि हुँदै गएको छ ।

राज्य सुशासनमा चुकेको छ, सानालाई ऐन र ठुलालाई अझै चैनको अवस्था सृजना भएको छ । प्रकार जुनसुकै होस् प्राज्ञिक भ्रष्टाचार बढ्दो छ, सीमाविहिनको अवस्थामा लम्कँदो छ । ज्ञान र नैतिकशिक्षा सिकाउने स्थानमा आखिरमा किन हुन्छ त आर्थिक अनियमितता ? जसको उत्तर अनेक पक्षहरूमा गएर जोडिएको छ ।

र यो पनि…

मिनभबन क्याम्पसमा सिलवाल र बस्नेतले गरे आर्थिक घोटला


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!