पोर्चुगलमा नेपाली नारी समाजको भेला

- September 1, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोर्चुगल । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेपाली नारी समाज, पोर्तुगलले लिस्वनको मार्टिम मुनिज पार्कमा रास्ट्रिय कलाकारहरुको साथमा भेला गरी विभिन्न विषयमा छलफल गरेको छ । कोरोना कहरले गर्दा २ वर्ष पार्कमा कार्यक्रम गर्न नपाएता पनि पुनः यो वर्ष पार्कमा गरिएको समाजले जनाएको छ ।

पोर्तुगलमा पहिलो पटक पार्कमा कार्यक्रम गर्ने शुरूवात नेपाली नारी समाजले गरेको कावा अध्यक्ष गीता रेउलेले जानकारी दिएकी छिन् । मौलिक धर्म, सँस्कार र सँस्कृतिको संरक्षण गर्दै मौलिकतालाई जोगाउदै आइरहेको समाजले हरेक वर्ष तिजलाई वृहत् तरिकाले मनाउदै आइरहेको छ ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि परम्परा संरक्षण गर्नको लागि कार्यक्रम गरिएको समाजले जनाएको छ । पोर्तुगलमा रहेका नेपाली दिदिबहिनीको माइतीको आँगन बन्दै आइरहेको नेपाली नारी समाजले गरेको कार्यक्रममा १ हजार नेपाली तथा विदेशीहरुको सहभागिता रहेको समाजकी महासचिव पुनम गौतमले जानकारी दिएकी छिन् ।

विदेशमा रहेर पनि आफ्नो सँस्कृतीको जगेर्ना गर्न समाजले नेपाली कला र सस्कृतिको जगेर्ना गर्दै आइरहेको छ । ८५ बर्षिय नाङसाङ गुरुङको प्रमुख अतिथीमा भएको सो कार्यक्रममा पोर्तुगलका लागि नेपाल सरकारका पर्यटनदुत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली संघ युरोप शाखाका युवा उपसंयोजक रोवर्ट लिम्बू, एन आर एन पोर्तुगलका अध्यक्ष रबिन अधिकारी, जनजाती महासङ्घ पोर्तुगलका अध्यक्ष हेम गुरुङ, पुर्व आइ सि सि सदस्य व्यवसायी नरेन्द्र हमाल, एन आर एन ए पोर्तुगलका भुतपुर्व अध्यक्ष तथा व्यवसायी लक्ष्मीप्रसाद सापकोटा, सूचना तथा सञ्चार विभागका केन्द्रिय सदस्य चिजकुमार तामाङ लगायत पोर्तुगलमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया