अपेन किड्स गट ट्यालेन्ट सिजन-टु हुने : करिब बाह्र सय अभिभावकको प्रत्यक्ष सहभागिता

- September 1, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । २०७६ सालमा आयोजित पहिलो अपेन किड्स गट ट्यालेन्टको निरन्तरता स्वरूप मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन)ले अपेन किड्स गट ट्यालेन्ट सिजन २ आयोजना गर्ने भएको छ। प्रि स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गर्न लागिएको अपेनले जनाएको छ।

अपेन केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न हुने कार्यक्रम आगामी भदौ २५ गतेका लागि तय गरिएको छ। डिएभि स्कुलको सभाहल जावलाखेलमा सम्पन्न हुने कार्यक्रममा ३७ विद्यालयका ६०० बालबालिकाको सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापको प्रस्तुति रहनेछ। त्यस्तै करिब १२०० अभिभावकको प्रत्यक्ष सहभागिता रहने बताइएको छ।

संचारकर्मिहरु संग कुरा गर्दै अपेनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष कृष्ण कुमार बोहराले अपेनले समस्त बालबालिका, प्राचार्य, तथा शिक्षक कर्मचारीको शैक्षिक, सामाजिक क्षमता अभिवृद्धिको लागि कार्य गर्ने गरेको बताए । यो कार्यक्रमले कोभिडको कारण अतिरिक्त क्रियाकलापमा भाग लिन नपाएका नानीबाबुहरूलाई क्षमता अभिवृद्धिका लागि प्रशस्त सम्भावनाका ढोकाहरू खोल्ने उनको विश्वास थियो।

अपेनले सबै सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्रले सम्मान गर्ने बताइयकोछ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया