पोर्चुगलमा तीजको रौनक

- August 29, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

अमृत मरहठ्ठा
पोर्चुगल । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामले पोर्चुगल पुगेका प्रवासीहरुले पनि यस वर्षको तीजको कार्यक्रम गरि मनाएका छन् । पोर्चुगलमा बस्दै आएका नेपाली महिलाहरुको आयोजनामा विभिन्न संस्थाहरुको सहयोगमा तीज मनाएको बताइएको छ । युरोपियन मुलुक पोर्चुगलमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

‘परम्परा बचाँउ, बिकृती हटाउ’ भन्ने नारा सहित नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर चितवन समाज पोर्चुगलले सो कार्यक्रम गरेको थियो । राष्ट्रिय कलाकार भगवान भण्डारी, देबिका केसी, जेबी ओलिको सहभागीतामा तिज गीत प्रतियोगिता एबम् साँस्कृतिक कार्यकम ‘ओक मुन्दो रेष्टुरेन्ट’ लिस्वोनमा सम्पन्न गरेको सो कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका पुर्णबहादुर हमालले औपचारीक रुपमा शुभारम्भ गरेका थिए ।

सो प्रतियोगितामा स्यांङजा समाज पोर्तुगल, महिला समाज पोर्तुगल, एनआइएएलपी सिलाई समुह, नारि समाज पोर्तुगल र बागलुङ समाज पोर्चुगलको सहभागी रहेको थियो । सो प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो, बागलुङ समाज पोर्चुगल दोस्रो र एनआइएएलपी सिलाई समुह तेस्रो स्थान प्राप्त गरि क्रमश ३५०, २५०, १५० धनराशि पुरस्कार जितेको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!