निर्वाचनमा राप्रपाको अबस्था कमजोर : चुनावी तालमेल गर्न ओली निवासमा पुगे लिङदेन

- August 13, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आगामी मसिर ४ गते गरिने भनेको संसदीय र प्रदेशको निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अबस्था कमजोर देखिएपछि सो दलका अध्यक्ष राजेन्द्र लिङदेन विभिन्न दलका नेतासंगको भेटघाटलाई बाक्लो बनाउदै चुनाबी गठबन्दनको प्रस्ताव लिएर पुग्न थालेका छन् ।

गत सातासम्म कुनै दलसंग सम्झौता नगर्ने गठबन्दन नगर्ने भन्दै सार्वजनिक भाषण दिएका अध्यक्ष लिङदेन एकाएका चुनाबी गठबन्दनको प्रस्ताव बोकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । उनले नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलको पहलकदमी गर्दै छलफल गरेको बताइएको छ ।

शुक्रबार ओलीको निजी निवास बालकोटमा अध्यक्षद्वयबीच लामो भेटवार्ता भएको हो । उक्त भेटवार्तामा दुवै नेता चुनावी तालमेलका विषयमा थप छलफल गरेर निर्णयमा पुग्ने समेत सहमती भएको बताइएको छ । यसअघि राप्रपा महामन्त्री कुन्ती शाहीले अध्यक्ष ओलीलाई भेटेकी थिइन् ।

गत बुधबार भएको भेटमा पनि चुनावी तालमेलको विषयमा चर्चा भएको थियो । सोही भेटपछि दुई अध्यक्षबीच वार्ताको वातावरण बनेको हो । एमाले र राप्रपा दुवैले चुनावी तालमेलका विषयमा कुनै औपचारिक निर्णय गरेका छैनन् । एमाले नेताहरुले देशव्यापीरुपमा कुनै पार्टीसँग गठवन्धन नगर्ने तर स्थानीय आवश्यकता अनुसार तालमेल हुन सक्ने बताइरहेका छन् ।

गत स्थानीय चुनावमा एमालेले राप्रपाबाट फुटेर बनेको राप्रपा नेपालसँग केही स्थानमा तालमेल गरेको थियो । निर्वाचनको परिणाम हेर्दा राप्रपा नेपालसँग जनमत नदेखिएपछि एमालेले पनि राप्रपासंग सम्झौता गर्ने रणनीति बनाएको पाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!