टानको नेतृत्व हत्याउन एमाले, काँग्रेस र समाजवादी माओवादीको आ–आफ्नै दाउ

- August 13, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ. । पर्यटन व्यवसाय सम्बद्ध छाता संगठन ‘ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल’ (टान) को नेतृत्व हत्याउनकालागि सत्तापक्षकै साझेदार दलबीचनै कडा प्रतिस्पर्धा परेको छ । टानको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओबादी केन्द्रका दल सम्बद्ध व्यवसायी बीच नेतृत्व हत्याउने दाउमा लागी रहेका छन् ।

टानको नेतृत्वमा दाबी गर्दै तीन पक्ष एक आपसमा चुनावी भिडन्तमा उत्रिएका छन् । एक प्यानलको नेतृत्व व्यवसायी निलहरी बास्तोलाले गरेका छन् भने दोस्रो प्यानलको नेतृत्व रामप्रसाद सापकोटा (कमल) र तेस्रो प्यानलको नेतृत्व बोधराज भन्डारीले गरेका छन् । अध्यक्षका प्रत्यासी निलहरी प्यानलमा नेकपा एमाले, नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) समर्थित व्यवसायीको गठबन्धन भएको छ भने अर्कोतर्फ अध्यक्षका दाबेदार रामप्रसाद सापकोटा (कमल) को प्यानलमा माओवादी केन्द्र समर्थित व्यवसायी रहेका छन् ।

बोधराज भण्डारीले स्वतन्त्रबाट अध्यक्षमा आफूसहित वरिष्ठ उपाध्यक्ष र एक सदस्यका रुपमा मैदानमा उतारेका छन् ।​ निलहरी बास्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वतिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोतम तिमल्सिना र सह–कोषाध्यक्षमा छिङ दोर्जी शेर्पाले उम्मेदवारी दिएका छन् ।

व्यवसायी रामप्रसाद सापकोटा (कमल) प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरिता लामाले उम्मेदवारी दिएकी छन् । प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ, सचिवमा हरि कडरिया, कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे र सहकोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पाले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रतर्फबाट बोधराज भण्डारीले टानको अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै स्वतन्त्रबाट वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपाने र एक सदस्यमा गणेश बहादुर न्यौपानेले समेत उम्मेदवारी दिएका छन् । यही साउन ३० गते हुने टानको निर्वाचनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष र ९ सदस्यहरु गरी कुल १७ उम्मेदवार निर्वाचनबाट चयन भएर आउने छन् ।

 १७ पदका लागि हालसम्म तीन प्यानल गरी ३७ जनाले उम्मेदवारी दिएका छन् ।  उम्मेदवारी विरुद्ध माग दाबी साउन २८ गतेसम्मलाई तोकिएको छ । साधारण सभा सहितको टानको निर्वाचन साउन ३० गते  हुनेछ । टानमा एक हजार ८२२ सदस्य व्यवसायी छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!