अनुमति बिना दृष्य खिचेपछि सोधखोज गर्नु गतल हो र ? -संघ

- August 12, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ओसिएन ड्रिकिङ्ग वाटर ईण्डस्ट्रीजमा जम्मा भएका उद्योगीले पत्रकारमाथी हातपात गरेको भन्ने भ्रमक विज्ञप्ति प्रकाशन गरेको भन्दै नेपाल वोटल वाटर उद्योग संघको ध्यानाकर्षण भएको जनाएको छ । सो संघले समाचार संकलनका लागि दिउसो २ बजे पुगेको स्पेस फोके टेलिभिजन नामक टिभीमा कार्यरत पत्रकारद्वय नरेन्द्र महतारा र सुरेन्द्र राउतलाई समाचार संकलनमा रोक लगाएको भनी एकतर्फी रुपमा लगाएको आरोप सत्य नभएको जनाएको छ ।

यस संघका केन्द्रिय अध्यक्ष ध्रुव गौतम सहितको टोलीले उद्योग परिसरबाट बाहिर निकाल्नुको साथै हातपात समेत भएको भन्नेमा यो सत्य नभई कपोलकल्पीत भ्रामक गम्भीर आरोप भएको संघले जनाएको छ । सो संघले प्रकाशन गरेको विज्ञप्तिमा लेखेको छ, २०७९ साल साउन २४ गते बेलुका परेको अविरल वर्षातको कारणबाट यस संघका केन्द्रिय उपाध्यक्ष सुजित श्रेष्ठको ए वान पोलिमर्स प्रालि, अक्वा टिक ईष्ड्रष्ट्रिज प्रालिका संचालक केन्द्रिय सदस्य रमेशकुमार ढकाल, पशुपति श्रेष्ठ, प्रविण रावल, रामवीर यादव र रामशरण भण्डारी तथा अक्वा टिक पाल्ष्टिक उद्योगका संचालन जमुना दुलाल, बद्रीप्रसाद देवकोटा र रामशरण ढुङ्गानाको उद्योगहरुमा मनहरा खोलाले पूर्ण क्षेती गरेको सम्बन्धमा बैठक बसी रहेको अबस्थामा विना अनुमति प्रबेश गरी दृष्य छायाँकन गर्नथालेपछि सो कार्य कहाँ को किन खिचेको भनी सोधखोज गरेको संघले जनाएको छ ।

उद्योगीको अन्दाजी ६ करोड नोक्सान भएकाले संघका पदाधिकारी लगायत सम्पूर्ण पानी उद्योगीहरु सोही उद्योगमा उपस्थित भई उक्त दैविप्रकोपमा परेका उद्योगीहरुको के कसरी उद्दारको व्यवस्था मिलाउन सकिन्छ भन्ने आपतकालीन छलफल गरि रहेको अवस्थामा एक्कासी छापामार शैलिमा ओसिएन पानी उद्योगमा बिना सुचना सम्बन्धित निकायसंग अनुमति नलिई उद्योगको छायाँकन गर्ने कार्य गरेकोमा उक्त कम्पनीका संचालक रामवीर यादलले मेरो अर्को पानी कम्पनी मनहरा खोलाले बगाई लगेको हुँदा म छलफलमा छु बेलुका सम्पर्क गर्नेछु भन्दा भन्दै पनि अटेरी गरी न्यूनतम मानविय संवेदनाको समेत ख्याल नगरी उद्योगको छायाँकलन गर्ने कार्य जारी राख्नु भएकोले छलफलमा रहेका उद्योगीहरु समेत आई पत्रकारद्वयलाई सम्झाई बुझाई पठाएको संघको दाबी रहेको छ ।

तर, नेपाल पत्रकार महासंघले प्रकाशन गरेको विज्ञप्तिमा संघका अध्यक्षको समेत सम्लग्नतामा पत्रकारमाथी आक्रमण गरेको भन्दै वास्तविकता के हो भन्ने समेत नबुझी एक तर्फी प्रेस विज्ञप्ती जारी गर्दा संघले दुःख व्यक्त गरेको जनाएको छ । साथै नेपाल वोटल वाटर उद्योग संघको अध्यक्षले दुरव्यवहार गरेको भन्ने गलत प्रेस विज्ञप्ती प्रति घोर आपत्ती जनाउदै उक्त विज्ञप्ती सञ्चाउन समेत संघले आग्रह गरेको उल्लेख छ । सो सम्बन्धमा संघका अध्यक्ष गौतमसंग सम्र्पक गर्दा त्यहाँ महासंघले भने झै हातपात नभएको, अनुमति विना छायाँकन गर्न थालेपछि को कहाँबाट केका लागि भनी सोधखोज गर्न संघका साथीहरुले गर्दा के त्यो गलत भयो र ? भनी उनले प्रतिप्रश्न गरे । यससम्बन्धमा सो टेलिभिजनका पीडित पत्रकार तथा सो टेलिभिजनको आधिकारीक सम्र्पक नम्बर समेत नभएकाले सम्र्प गर्न भने सकिएन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!