भुवन केसीले पेश गरेको शैक्षिक प्रमाण पत्र नक्कली

- August 12, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारी नियुक्ती र पदमा पुगनकालागि प्रापः सवै दलमा प्रबेश गरेका भबुन केसीले पछिल्लो समयमा सरकारी निकायमा पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको बताइएको छ । केसीले चलचित्र विकास बोर्डको अध्यक्ष हुन पछिल्लो समयमा नेपाली काँग्रेस प्रबेश गरेका थिए ।

सो बोर्डको अध्यक्षकालागी केसीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै सो नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

रिटमाथि सोमबार पेसी तोकिएको छ । केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले केसीविरुद्ध रिट निवेदन दायर भएको जानकारी दिए । ‘उहाँ ९भुवन केसी०विरुद्ध रिट निवेदन दायर भएको छ, कागजपत्र हेर्दैछु,’ पौडेलले भने । केसीको शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तीर्ण मात्र छ । तर, विकास बोर्ड अध्यक्षका लागि स्नातक तह उत्तीर्ण हुनुपर्छ । केसीविरुद्ध अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले काठमाडौं जिल्ला अदालतमा हालेको दुर्व्यवहारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ । केसीविरुद्ध विकास बोर्डमै दर्जनौं उजुरी परेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया