काठमाडौं । गौैतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष रामबहादुर गौतमले बचतकर्ताको अबौंको पैसा बोकेर भारत छिरेर हिनामिना गर्दै अर्धभुमीगत रहेका छन् । उनले बचतकर्ताको रकम बोकी भागेपछि कारबाही गर्न सम्बन्धित निकायमा उजुरी दिएपछि सवै रकम फिर्ता गर्ने भन्दै आएका रामबहादुरले अन्न्त मन्त्रालयको निर्देशन समेत लत्याउदै बसेका छन ।
साउन २० गते सहकारी भवन परिसरमा सार्वजनिक भएका उनले सहकारीका सदस्यसँग २२ साउन (गत आइतबार) भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सबै विवरणसहित उपस्थित नभई फरी भागेका छन् । गौतमले आफ्ना कम्पनीको व्यापार, सम्पत्ति, सहकारीको बचत, ऋण र जग्गा कति छ भन्ने सबै विवरण साउन २१ गते आइतबार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयमा बुझाउने बताएका थिए ।
‘मन्त्रालय गएर तपाईंहरुको पैसा फर्काउने प्रतिवद्धता गर्छु । षडयन्त्रपूर्वक यस्तो भयो, जे भएपनि कसैको एक पैसा डुब्ने छैन,’ उनले भनेका थिए । तर, बुधबारसम्म उनी मन्त्रालय नगई फेरी अर्धभुमीगत भएका छन । सहकारी बन्द गरेर फरार रहेका गौतम प्रहरीको सुरक्षाबीच २० साउन शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वर पुगेर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए । उनलाई बचतकर्ताले फूलमालासहित स्वागत गरेका थिए ।
गौतमले पनि आफू भागेको नभई व्यवसायी कामको सिलसिलामा भारत गएको र १६ साउनमा सोमबार भारतबाट नेपाल फर्किएर समस्या समाधानमा लागेको बताएका थिए । मेरो सम्पत्ति बेचेर पनि तपाईंहरुको पैसा तिर्छु भन्दै आएका रामबहादुर फेरी सम्र्पक विहिन भएका हुन । उनले सहकारी विभागसँग छलफल गरेको बताएपनि अहिलेसम्म गौतमश्री बहुउद्देश्यीय सहकारीका कुनै पनि प्रतिनिधि वा सञ्चालक सम्पर्कमा नआएको विभागको सूचना अधिकारी टोलराज उपाध्याय बताउँछन् ।
मन्त्रालयको सहकारी मामिला हेर्ने विभाग उपसचिव रघुनाथ सहकराीका अध्यक्ष वा कुनै प्रतिनीधि मन्त्रालयमा आएको वा छलफल गरेको जानकारी नभएको बताउँछन् । ‘विभागको सिफारिसअनुसार समस्याग्रस्त घोषणा गर्ने अथवा के गर्न भन्ने विषयमा छलफल भइरहेको छ, कुनै निर्णय भएको छैन,’ उनले भने ।
अध्यक्ष गौतमले २० साउनमा सहकारी मार्फत राम्रो ब्याजदर खुवाएको भन्दै उनले अब धेरै ब्याज दिन नसक्ने पनि बताएका थिए । ‘तपाईंहरुले पनि केही ब्याज माफी दिनुस्, तपाईंको बचतभन्दा मेरो सम्पत्ति धेरै छ । ऋण उठ्न पनि बाँकी छ, तिर्न सक्छु ।’ उनले भनेका थिए । सहकारी विभागले सहकारीका अध्यक्ष गौतमसहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको थियो । तर, सार्वजनिक भएपछि सहकारीको अध्यक्ष गौतम भने बचतकर्तासँग छलफलमा छन् ।
सहकारी पडित संघर्ष समितिको समस्य विजय रञ्जित अध्यक्ष गौतसँग छलफल भइरहेको र कानुन व्यवसायी राखेर सहमति गर्ने तयारी गरिरहेको बताउँछन् । सहकारीको अध्यक्ष गौतमले आफ्नो सम्पत्ति विवरण देखाएर बचत फिर्ता गर्न सक्छु भन्नुभएको छ, कानुन व्यवसायी समेतको उपस्थतिमा उहाँको सम्पत्ति हेरेर बचत रकम फिर्ता गर्ने पुग्ने र सक्ने आधार देखियो भने, उहाँविरुद्धको मुद्दा फिर्ता लिन्छौं,’ उनले भने ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!