दक्षिण कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या अझै एक लाखभन्दा बढी

- August 11, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सोल,  : दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ ।

लामो समयदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा बढी देखिदै आएको छ । पछिल्लो २४ घण्टामा पनि थप एक लाख ३७ हजार २४१ जना नयाँ सङ्क्रमित भएका छन् ।

स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९८ लाख तीन हजार एक सय ६९ पुगेको छ ।

अहिले देखिएको दैनिक सङ्क्रमितको सङ्ख्या पनि अघिल्लो दिनको भन्दा केही कम हो । अघिल्लो दिन एक लाख ५१ हजार  सात सय ९२ जना सङ्क्रमित भएका थिए ।

त्यसैगरी अघिल्लो हप्ता औसतमा एक लाख १७ हजार पाँच सय ९१ जना नयाँ सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये  चार सय  १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

पछिल्लो एक दिनमा कोरोनाका कारण ५९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार ४४१ पुगेको छ । -रासस/सिन्ह्वा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!