‘गुड डे’ पानी कम्पनीमाथी कारबाही गर्न विभागमा उजुरीको चाङ्ग !!!

- August 9, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अत्याधिक पानीको मागको फाईदा उठाउदै गुणस्तहिन पानीलाई जार बोटलमा सिधै भरेर बजारमा बेच्दै आएका केही पानी उद्योगमाथी कारबाहीको माग राख्दै उजुरी पर्नेक्रममा तीव्रता आएको छ ।

सरकारी निकायबाट कार्यान्वयनमा ल्याएको ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका–२०७४’ विपरित उत्पादन हुदै आएका पानी उद्योगमध्ये पछिल्लो समयमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार खहरे ठेगाना राखेर पानी उत्पादन गर्दै आएको ‘श्री कृष्ण बेवरेज प्रालि’ नामक कम्पनीको पानी गुणस्तहिन भएको भन्दै कारबाही गर्न उजुरी परेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौंमा दर्ता गराएको उजुरी पत्रमा भनिएको छ, ‘गुड डे ब्राण्डको एक लिटरको शिलबन्द पानीको बोटल भित्र अखाद्य रबर फेला परेको हुनाले सो कम्पनीबाट उत्पादन हुने सबै पानीको सुक्ष्म जाँच र अनुसन्धान गरी हदैसम्म कारवाही गरी पाउन माग गरेको व्यहोरा त्यहाँलाई अवगत नै भएको होला ।’

सो उद्योगले गुणस्तरहिन पानी उत्पादन तथा बिक्री बितरण गर्नुको साथै अनुचित व्यापारिक कृयाकलाप गरेको हुँदा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरी बोटल भित्र रबरको चक्का भएको छायाँ प्रति सहित यस मन्चमा आवश्यक पहलकदमको लागी अनुरोध भई आएको हुँदा त्यहाँबाट आवश्यक छानविन गरी दोषी देखिएमा सम्बन्धीत उद्योग माथि हदैसम्मको कारवाही गर्न समेत माग गरिएको छ ।

सो मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मानवको स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको विषयमा लापरबाही गर्ने छुट कसैलाई पनि नभएकाले त्यस्ता कम्पनी सञ्चालकमाथी कडा कारबाही गर्नुको विकल्प समेत नभएको बताए ।

यो पनि अध्ययन गर्नुहोस

श्रीकृष्णको अबैधधन्दा : ‘गुड डे’ ले लिन सक्छ ज्यान, बोटलभित्र भेटियो यस्तो बस्तु

तीव्रखबर समाचार प्रभाव : श्रीकृष्ण बेभरेजमा बाणिज्यको छापा, उद्योगमा लाग्यो शिल

बाणिज्य र पानी व्यवसायीबीच ‘अनसिन’ मिल्यो कुरा : दुई दिनमै खुल्यो शिल


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!