चौधरी ग्रुपले हड्पेको सरकारी जग्गा खाली गर्न महानगरपालिकाको निर्देशन

- August 8, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मनोज खतिवडा

काठमाडौं । चौधरी ग्रुप अन्तरगत रहेको थापाथलीस्थित नर्भिक अस्पतालले अतिक्रमण गरेको सरकारी जग्गामा निर्माण गरेको संरचना भत्काई तत्काल जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । नर्भिक अस्पतालले अतिक्रमण गरेको एक रोपनी आठ आनामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका हुन् ।

सो ग्रुप अन्तरगत शक्ति र पैसाको आडमा विद्यमान ऐन विपरित सरकारी जग्गा अतिक्रमण गरी भोगचलन गर्र्दै आएको बारे तीव्रखबरले पटकपटक समाचार प्रकाशन गरेको थियो । सरकारी जग्गा प्राप्त गर्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने नियम भए पनि व्यवसायी वसन्त चौधरीको उक्त अस्पतालले भने दुई दशकदेखि उक्त जग्गामा गैरकानुनीरुपमा संरचना बनाएर उपयोग गर्दै आएको थियो ।

काठमाडौं महानगरपालिकाले घर टहरा हटाउन अस्पताललाई निर्देशन दिँदै नहटाए नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । व्यवसायी वसन्त चौधरीको यो अस्पताल नेपालको निकै महंगो अस्पतालमध्ये एक हो । नर्भिकले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन महानरपालिकाले निर्देशन दिएको छ ।

महानगरले पठाएको पत्रमा लेखिएको छ, प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं. २०८५ क्षेत्रफल १–८–१–१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिम तर्फ निर्मित संरचनाहरु (क्यान्टिन भवन लगायत) नेपाल सरकारसंग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टा भित्र हटाउनु हुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार कार्वाही गरिने व्यहोरा समेत सूचित गरिन्छ।’

र यो पनि …

सरकारी जग्गा हड्पेर चौधरी ग्रुपले बनाउदै हाउजिङ

सरकारी जग्गामा चौधरी ग्रुपको अस्पताल : ऐन विपरित भाडा सम्झौता

सरकारी जग्गामा चौधरी ग्रुपको कब्जा : विना अनुमति टिकट काट्दै ठगी

चौधरी ग्रुपले हड्पेको सरकारी जग्गामा सरकार किन चुप ?

चौधरी ग्रुपका अध्यक्ष बिनोदको असली रुप : कर छलीदेखि सरकारी जग्गा अतिक्रमणसम्म (प्रमाणसहित)

चौधरी ग्रुपका अध्यक्ष बिनोदद्वारा आयल निगमको १२ विघा जग्गा कब्जा

चौधरी ग्रुपको भगिनी संस्था सिजी प्रपर्टिजको नाममा सरकारी जग्गा अतिक्रमण

चौधरी ग्रुपद्वारा ललितपुरमा फेरी सरकारी जग्गा अतिक्रमण : सरकारले गरेन छानविन

चौधरी ग्रुपद्वारा सरकारी जग्गा हड्प्नलाई सरकारी निकायनै मतियार

चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीका कालाकर्तुत : सरकारी जग्गामा रजाँई

सरकारी जग्गा हड्पेर चौधरी ग्रुपले बनाउदै हाउजिङ


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!