सरकारले बर्खास्तमा परेका एयरलाइन्सका अध्यक्ष अधिकारी कार्यालयमा हाजीर

- August 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गरेपनि आईतबार कार्यालयमा हाजीर भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनलाई बर्खास्त गरेको थियो ।

तर, सरकारले गरेको बर्खास्त गरेपनि सो निर्णयलाई लत्याउदै बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजीर गरेको बताएका छन् । सरकारले गत महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!