राजदिपको मेरो मन चोरेर म्युजिक भिडियो सार्बजनिक

- August 6, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

एन्टिना घनश्याम,काठमाडौ । गायक तथा मोडेल दिपक बिडारी राजदिपले गाएको आधुनिक गित चट्ट कपाल कोरेर को म्युजिक भिडियो सार्बजनिक भएको छ। गायक राजदिप लाई उक्त गितमा निकिता थापाले गायनमा साथ दियकी छिन। सो गित मा बृजेश श्रेष्ठ को एरेन्ज र आशिष् प्रजापतिको सब्द रहेको , भिडियो आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भयको हो।उक्त गितको भिडियोलाइ कपिल कार्कीको निर्देसन र अर्जुन सिलवालको कोरियोग्राफी रहेको छ। करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका राजदिप संगै आलिसा बास्तोलाले मोडलिङ गरेको यो भिडियोलाइ बालकुमार मगर ले खिचेका हुन।भक्तपुर जिल्लाको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त भिडियो उत्कृष्ट बनेको निर्देसक कपिल कार्किले बताए।साइराम पिक्चर्स युटुब च्यानल बाट सार्वजनिक भयको यो गितलाइ आज कागेश्वोरी मनोहरा महोत्सवमा विभिन्न चर्चित कलाकारहरुको हातबाट बिमोचन गरिएको हो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!