काठमाडौं । अर्थमन्त्रालयले सबै मन्त्रालयका सचिवलाई आइतबार छलफलका लागि भेला हुन आग्रह गरेको छ । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनबारे छलफल गर्न सबै सचिवलाई बोलाइएको अर्थमन्त्रालयले जनाएको छ । यसअघि अर्थले बजेट कार्यान्वयन सम्बन्धमा मन्त्रालयहरूसँग तीनपटक कार्ययोजना मागेको छ ।
तर, मन्त्रालयहरूले पटक/पटक ताकेता गर्दा पनि कार्ययोजना पठाउन अटेरी गर्दै आएपछि अर्थमन्त्रालयमा सवै मन्त्रालयका सचिबहरुलाई बोलाएको जनाएको छ । मन्त्रालयका सचिवसँग बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा छलफल गरिनेछ । केही दिन विभागीय मन्त्री नहुँदा छलफल रोकिएको थियो । जनार्दन शर्मा पुनस् अर्थमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सचिवहरूसँग छलफल गर्न लागिएको हो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!