अमेरिकामा नेपाली चलचित्रकर्मीहरुको पहिलो भेला

- August 5, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

केन्टकी । अमेरिका बसेर नेपाली चलचित्रको विकास र बिस्तारमा कसरी सहयोग पु¥याउने भन्ने बारे छलफल गदै पहिलो पटक भेला सम्पन्न गरेको छ । अमेरिकाको विभिन्न राज्यहरुमा छरिएर बसेका नेपाली चलचित्रकर्मीहरुको भेटघाट कार्यक्रम अमेरिकाको इतिहासमा पहिलो पटक सफलतापूर्वक सम्पन्न भएको दाबी गरिएको छ ।

अमेरिकाको न्यूह्यामशयर राज्यको क्लेरमन्ट शहरमा जुलाई २९–३० मा सम्पन्न भएको हो । सो भेटघाटमा आफुहरुले अमेरिकामा रहेर पनि कसरी राम्रो चलचित्र बिदेशबाट समेत निर्माण गर्न सकिन्छ भनेर छलफल भएको चलचित्र निर्देशक सुमन दाहालले बताएका छन् । यो भेटघाट ऐतिहासिक भएको र अमेरिकामा पहिलो पटक यसरी चलचित्रकर्मीहरुलाई एकै थलोमा जम्मा गराएर समस्या समधान र नयाँ तबरबाट काम कसरी गर्नेभन्ने बारेमा छलफल भएको बताइएको छ ।

यस कार्यक्रममा अमेरिका भएका सबैलाई समेट्ने प्रयास गर्दा गर्दै धेरै जनाको सहभागिता हुन् बिभिन्न परिस्थितिले संभव नभएको पनि उनले बताए । उक्त कार्यक्रममा चलचित्रकर्मीहरुका परिवारहरु सहितको उपस्थिति रहेको थियो । अमेरिकामा रहेता पनि लामो समयदेखि भौतिक रुपमा भेटघाट हुन् नसकेको अवस्थालाई मध्य नजर गर्दै यस बर्ष न्यूह्यामशायर भेटघाटको तारतम्य मिलाईएको पनि उनले बताए । निर्देशक सुमन दाहालका अनुसार यस भेटघाट पछि अर्को बर्ष पनि भेटघाट कार्यक्रमको आयोजना गरिने पनि उनले बताए ।

सो भेटघाटमा ६० जना चलचित्रकर्मीहरुको उपस्थिति रहेको पनि उनले जानकारी गराए । उक्त ऐतिहासिक कार्यक्रममा निर्देशकहरूमा किशोर सुब्बा, दिनेश कार्की, कृष्ण चापागाई, गोपाल चन्द्र लामिछाने, अनिल संगौला, सुमन दाहाल, शिवहरी पौडेल, मनोज तिमिल्सिना तथा बिकास घलेको उपस्थिति रहेको थियो ।

त्यसैगरी अभिनेताहरूमा अमृत लामा, राहुल केसी, सुन्दर श्रेष्ठ तथा दिनेश थापाको उपस्थिति रहेको थियो । अभिनेत्रिहरूमा अरूणा कार्की, सम्झना खडका अनुशुया श्रेष्ठ वन्तपनि कार्यक्रम उपस्थित थिए । भेटघाट कार्यक्रममा कलाकारहरुमा गोपाल अधिकारी ( ट्वाकेन्द्र), निर्मातामा ध्रुव वन्त, पत्रकारमा सन्तोष रिमाल, संगीतकारमा श्याम नेपालीको पनि सहभागिता रहेको थियो ।

यसैगरी गायिका पविता परियार, गायक तिलक श्रेष्ठ, कलाकार रंजन बुढाथोकी, गीतकार अग्नि शर्मा, नृत्य निर्देशक देवी थापा, निर्मात्री प्रभा चापागाई समेतको सो भेटघाटमा सहभागी भए । उक्त भेटघाट कार्यक्रम बबी संग्रौला (पत्नी अनिल संग्रौला) ले विशेष सहयोगीको भूमिका रहेको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!