साझा रेस्टुरेन्टमार्फत विष्णु र प्रकाशले गरे करोडौ राजस्व चुहावट

- August 5, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । रुपन्देही स्थायी ठेगाना भएका साझा रेष्टुरेन्टका प्रोपाइटर प्रकाश यादव र सोही ठाउँका विष्णु यादवले करोडौ रुपैयाँको राजश्व चुहावट गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको छ । राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

उनीहरूले साझा रेस्टुरेन्टमार्फत राजस्व चुहावट सम्बन्धी कसुर गरी राजस्व चुहावट गरेको दाबी विभागको रहेको छ । प्रकाश यादव र विष्णु यादवले आफ्नो फर्मका सम्पूर्ण कारोबार अनुसारको विवरण पेस नगरी नियमानुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई कारोबार गर्नु पर्नेमा सो नगरेको पाइएको विभागले जनाएको छ ।

भ्याटमा दाखिला गर्नुपर्नेमा सो नगरी कारोबार समेत लुकाई कारोबारबाट प्राप्त रकम मध्ये केही रकम आधिकारिक कारोबारमा समावेश गर्ने तर ठूलो परिमाणको विक्रीलाई कारोबार भन्दा बाहिर राखी आयकर तथा मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको उनीहरूलाई आरोप छ ।

उनीहरूले आयकर तर्फ ५१ लाख ४१ हजार ९०२ रुपैयाँ र मूल्य अभिवृद्धि कर तर्फको ५६ लाख ९४ हजार ६२१ रुपैयाँ गरी एक करोड आठ लाख ३६ हजार पाँच सय २३ रुपैयाँ राजस्व छली गरेको विभागले जनाएको छ । उक्त रकम बराबरको शत प्रतिशत बिगो माग दाबीसहित उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!