चीन नीतिको पक्षमा नेपालका कम्युनिष्ट पार्टी

- August 4, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पछिल्लो समयमा ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच बढ्दै गएको तिक्तताले विश्वमा हलचल मञ्चाएको छ । केही राष्ट्र अमेरिककाको पक्षमा उभिएका छन् भने केही राष्ट्र चीनको पक्षमा खुलेरै लागेको पाइएको छ । यसैबीच, चीनले ताईवानलाई चारैतर्फबाट घेरा हालेर अन्तिम आक्रमण गर्ने तयारी गरेकै अबैधमा नेपालका कम्युनिष्ट पार्टीहरु भने ‘एक चीन नीति’ को पक्षमा सबै उभिनुपर्ने भन्दै अभिव्यक्ती दिएका छन् ।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको राजधानी ताइपेई भ्रमण गर्नुलाई कम्युनिष्ट नेताहरुले एक चीन नीतिको विरुद्धमा अमेरिका उभिएको रुपमा अथ्र्याएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले उत्पिडित राष्ट्रको पक्षपोषण गर्ने राष्ट्रको रुपमा उदाएको चीनविरुद्ध अमेरिकालगायतका साम्राज्यवादी शक्तिहरु सलबलाएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले नै स्वीकार गरेको एक चीन नीतिविरुद्ध अमेरिका सक्रिय भएको कट्टेलको आरोपलगाएका छन् । विगतमा पेलोसीले चीनलाई उक्साउने गतिविधि गर्दै आएको नेकपा मालेका स्थायी कमिटी सदस्य तथा प्रवक्ता कुमार बेलवासेले बताएका छन् । बेलवासेले अमेरिकाले साम्राज्यवादी गतिविधि गरेको भन्दै यस्तो प्रवृत्तिले भविष्यमा नेपाल पनि समस्यामा पर्नसक्ने औँल्याएका छन् ।

नेकपा क्रान्तिकारी माओवादीका नेता इन्द्र रावतले अमेरिका र चीनबीचको तनाबले विश्वमा नै अशान्त हुन सक्ने बताए । चीनमा अशान्ती भयो भने त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेतर्फ रावतले बताए । नेकपा मालेका विदेश विभाग सचिव सुरेन्द्र ढकालले अमेरिकाले विश्व शान्तिलाई खलल पारिरहेको बताए ।

युद्धको वातावरण सृजना गर्ने हतियारको व्यापार गर्ने अमेरिकाको उद्धेश्य रहेको ढकालले जनाए । नेपाल वादका अध्यक्ष किरण शर्माले ताइवान चीनको अभिन्न अंग हो भनेर विश्वले मानिसकेको अवस्थामा अमेरिकाले अनावश्यक द्धन्द्ध सृजना गर्न खोजेको बताए । नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनविरोधी गतिविधि गर्न विभिन्न तहबाट हमला गरिरहेको आरोप लगाए ।

अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ की सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने कार्यक्रम घोषणा भएदेखि नै चीन रुष्ट थियो । चीनले भ्रमण नगर्न चेतावनी पनि दिएको थियो । तर पेलोसीले भ्रमण गरिन् । त्यसको नेपालका कम्युनिष्ट पार्टीहरुले पनि विरोध गरेका हुन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!