अध्यक्ष गौतम भुमीगत : सञ्चारमाध्यमलाई दोष देखाउदै जायजेथा बेचेर रकम फिर्ता गर्ने अस्त्र फाले

- August 2, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले सो सहकारीमा जम्मा गरेको अर्बौं रुपैयाँ बोकेर फरार भएसंगै भुमीगत भएका छन् । बचतकर्ताहरुको अर्बौ रुपैयाँ बोकेर भारत पसेका गौतमलाई नियन्त्रणमा लिई सहकारी विभागमा बुझाई दिनकालागि प्रहरी प्रशासनमा पत्र लेखेपछि उनीले भुमीगत भएकै अबस्थामा अज्ञात स्थलबाट विज्ञप्ति निकालेर सञ्चारमाध्याममाथी नै आरोप लगाउदै बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् ।

उनले भुमीगत रुपमा बसेर मंगलबार जारी गरेको विज्ञप्तिमा लेखेका छन्,‘आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने छु ।’ भुमीगत रुपमा बसेर जारी गरेको विज्ञप्तिमा अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको समेत उल्लेख गरेका छन् ।

उनले सो विज्ञप्तिमा सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको बताएका छन् । सो सहकारीका अध्यक्ष गौतमसहित अन्य व्यवस्थापकहरुले १ हजार १ सय ४५ जना बचतकर्ताको रकम बोकेर फरार भएपछि सहकारी विभागमा संस्थाविरुद्ध ठगीको उजुरी गरेको भोलिपल्ट गौतमले विज्ञप्ति जारी गरेका छन् ।

उनले कोभिड–१९ महामारीका कारण लगानी भएको केही कर्जामा समस्या रहेको भन्दै आएका छन् । सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोरोना महामारीको कारणले नेपालमा २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भएपनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको दाबी गौतमले विज्ञप्ति मार्फत गरेका छन् । उनले संस्थाबाट प्रवाह गरिएको सम्पूर्ण कर्जा असुली गर्न केही समय लाग्ने भन्दै आफ्नो सम्पत्ति बिक्री गरेर भएपनि रकम भुक्तानी गर्ने दोहो¥याएका छन् ।

गौतमले जारी गरेको विज्ञप्ति हेर्न यहाँ  press release 1 (1)क्लिक गनुहोला ।

सहकारीको नाममा हुने लुट रोकिएन : गौतमश्रीका अध्यक्ष रामबहादुरले ७ अर्ब बोकी भारत पसे


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!