चक्रवर्ती कलेजको लुट : नक्कली रजिस्टेसन नम्बर देखि कोटा बेच्दै ठगी

- July 26, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ ल का व्यवस्थापकबाट खुलेआम अभिभाबकमाथी लुट्दै आएको छ । विद्यमान ऐनलाई समेत लत्याउदै सो कलेजले शुल्क र विभिन्न शिर्षक उपशिर्षकमा खुलेआम लुटधन्दा चलाउदै आएपनि कारबाही नहुदाँ सो कलेजको अबैधधन्दाले तीव्रता पाएको छ ।

यसैक्रममा पछिल्लो समयमा अत्याधिक शुल्कवृद्धि समेत गरेको छ । यसरी विद्यार्थी र अभिभावकमाथी लुट्ने उदेश्यलेनै शुल्कबृद्धि गरेको भन्दै विद्यार्थीहरूले विरोधमै उत्रनु परेको छ । कलेजले पाँच वर्षे बीएएलएलबीको शैक्षिक शुल्क ६ लाख रूपैयाँबाट एकैपटक १० लाख ७० हजार रुपैयाँले बृद्धि गरेपछि विद्यार्थी आन्दोलित बनेका हुन् ।

नेपाल विद्यार्थी संघ र अखिलले संयुक्तरूपमा गरेको आन्दोलनका कारण कलेजमा तीन दिनदेखि पठकपाठन हुन सकेको छैन । आन्दोलित विद्यार्थीले गत आइतबार शुल्कवृद्धिको विरोधमा कलेजमा तालाबन्दी गरेका थिए । सोमबार कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिहरूबीच वार्ता भएपनि कलेजले बृद्धि भएको शुल्क घटाउन तयार नभएपछि आन्दोलन थपिदै गएको छ ।

विद्यार्थीबाट माग पूरा गराउन दबाब दिँदै मंगलबार कलेजको लेखा शाखामा तालाबन्दी समेत विद्यार्थीले गरेका छन् । तर, कलेज प्रशासनले प्रहरी बोलाएर ताला फोडेपछि तनाब उत्पन्न भएकोे थियो । त्यसको विरोधमा विद्यार्थी थप आन्दोलित बनेका छन् । आक्रोशित विद्यार्थीले क्याम्पसमा सामान्य तोडफोडसमेत गरेका छन् ।

आन्दोलन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्दा एक दर्जन विद्यार्थी घाइते भएको विद्यार्थीहरुले बताएका छन् । प्रहरीले कलेजका तीन विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल अध्यक्ष नरेशसिंह धामी, नेविसंघका सचिव राजेन्द्र रोकाया र सुरज रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसका अलवा सो कलेजले भर्ना भएर नियमित रूपमा कलेजका गतिविधिमा सहभागी हुँदै आएका विद्यार्थीलाई दिनुपर्ने कोटा समेत अन्यलाई बेच्दै आएको समेत छ । उक्त कलेजमा उच्चपदस्थ कर्मचारी, प्रहरी, न्यायाधीश र वकिलहरूले एमएलएम पढ्दै आएका छन् । त्यही उच्चपदस्थ व्यक्तिका लागि जेहेनदार छात्राको कोटा बिक्री गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको कलेजले कोटा नै बेच्दै अबैधधन्दा समेत चलाउदै आएको आरोप कलेजमाथी लाग्दै आएको छ । यस बाहेक कलेजले रजिस्ट्रेसन नम्बरका लागि छुट्टै शुल्क लिदै आएको छ । त्यसका प्रति विद्यार्थी २५ सय रुपैयाँ असुली गर्दै आएको पीडित विद्यार्थीले बताएका छन् ।

तर, सो रजिस्टेन नम्बर पनि नक्कली हुने गरेको समेत पाइएएको छ । अतिरिक्त शुल्क तिरेर लिएको रजिस्टेन नम्बर समेत युनिभर्सिटीको रजिस्ट्रेसनमा नहुने पाइएको छ । सक्कली रजिस्ट्रेसन नम्बर बेच्दै नक्कली रजिस्टेसन नम्बर दिदै विद्यार्थीमाथी लुटधन्दा चलाउदै आएको छ । चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ लका प्रिन्सिपल देवेन्द्र भण्डारीले कलेज प्रशासनलाई ढाकछोप गर्दै अबैधधन्दालाई निरन्तरता दिदै आएको आरोप समेत विद्यार्थीले लगाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!