सगरमाथाको जग्गा अतिक्रमरण गरेको आरोपमा दावा पक्राउ

- July 25, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सोलुखुम्बु  : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अतिक्रमण गरी पक्की संरचना निर्माण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खुम्बु पासाङ ल्हामु गाउँपालिका- २ का ३१ वर्षीय दावा छिरिङ शेर्पा रहेको निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

सोही वडाको मेरापिक क्षेत्रमा निकुञ्जको भू-भाग अतिक्रमण गरी पक्की घर बनाउँदै गर्दा शेर्पा पक्राउ परेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिए ।

उनका अनुसार निकुञ्ज क्षेत्रमा पक्की संरचना निर्माण गर्दै छ भन्ने स्थानीयले दिएको सूचनाको आधारमा कार्यालयबाट खटिएको गस्ति टोलीले शेर्पालाई पक्राउ गरिएको हो ।

उनलाई निकुञ्जको सुधार गृहमा राखेर अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ । विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित यस निकुञ्जलाई सन् १९७९ देखि विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!