स्थानीय बासिन्दाले लेखे मेयरलाई पत्र : तपाईंले व्यक्त गरेको प्रतिबद्धता कहिले पुरा हुन्छ ?

- July 21, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेलम्ची नगरप्रमुख ज्यु

नमस्कार ।

 सर्बप्रथम २०७८, साल असार १, गते आयको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्र पुरै डुबानमा परि हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भै ब्यक्तिको घरमा समेत खोला पसी आफुले गर्दै आएको पेशा, व्यबसाय समेत बगाउदा सयौं मानिसहरू बेघरबार र काम बिहिन भएको स्मरण गराउन चाहन्छु ।

बाढि सहर भित्र प्रवेश गरेर घरहरू डुबानमा परेपछि मेलम्चीमा मात्र १५, सय हाराहारीमा मानिसहरू तत्कालै बिस्थापित हुन पुगे । कोरोना माहामारिका बीच घर भित्रै असुरक्षित भएकाहरु कति त्राससंग समुहमा कष्ट संग बसे होलान् यसको उत्तर त केबल झेल्ने प्रभावितहरुसंगमात्र होला ।

म केबल स्मरण मात्र गराउन सक्दछु । प्राकृतिक बिपत्ती हामी मध्य कसैको रहर र अनुरोधले आउने कुरा होइन, न हामीले इन्कार गरेर न आउने नै हो । तर बिपत्ती आएपछि उद्दार, राहत, त्यसको अस्थायी र दीर्घकालीन समाधान र बचाउँ खासगरी सरकारको जिम्मेवारी हो । तर त्यो न केन्द्रीय सरकारबाट भयो, न प्रदेश न स्थानीय सरकारले नै ग¥यो । यौटा नागरिकलाई पनि आफ्नो सामाजिक कर्तब्यबाट बिमुख हुने सुबिधा हुदैन ।

तर दुःखकासाथ भन्नुपर्दा गएको साल बाढिको चपेटामा पर्दा स्थानीय सरकार निरिह बनेको अनुभव हामीसंग ताजै छ । यती निकम्मा, निरिह र गैरजिम्मेवार न कुनै सरकार बन्न सक्दछ न कुनै जनप्रतिनिधि न कुनै प्रशासक । मेलम्ची यो क्षेत्र कै मुटु हो, सौन्दर्य हो सभ्यता र बिकासको पर्याय हो ।

मेलम्चीको अस्तित्व, सभ्यता र बिकाससंग भर्खर बिकसित हुन खोजेको यहाँका थुप्रै ठाउँहरुको बर्तमान र भबिस्य जोडिएको छ । यो हामी सबैले बुझेकै कुरा हो । तर यति हुँदा हुदैपनि तत्कालीन जनप्रतिनिधि र नगरका केहि जिम्मेवार कर्मचारीहरुको गम्भीर लापरबाही र गैरजिम्मेवार पनका कारण बाढिपछि मेलम्चीले थप क्षति ब्यहोर्नु परेको पनि यहि मार्फत स्मरण गराउन चाहन्छु ।

मेलम्ची बजारको संरक्षणमा पहल गरिदिन पटकपटक तत्कालीन मेयर र कार्यकारी अधिकृतसंग स्थानीय प्रभावितहरुले आग्रह गरेको थियो तर त्यसमा समेत सम्बन्धित निकायबाट कुनै सुनुवाई भएन । स्थानीय सरकारले सुने नसुने झै गरेर बेवास्ता गरेपछि प्रभावितहरु आफै संगठित भएर मेलम्ची बजार संरक्षण तथा पुनर्निर्माण समितिको नाममा सहयोग संकलन गरेर महत्वपूर्ण काम भएको तपाईलाइ सम्झनै होला ।

आज मेलम्ची जुन अबस्थामा रहेको छ यो तेही कामको परिणाम हो । हामिलाइ त्यप्रति ठुलो गर्ब छ । बाढिपछि बजारको संरक्षणमा काम गर्दा सहयोग गर्नुको सट्टा उल्टै स्थानीय प्रभावितहरुलाइ अप्रत्यक्ष रुपमा नगरपालिकाबाट धम्की आउको यहाँका स्थानीयले न कहिले बिर्सिन्छन न कहिले माफि दिन्छन ।

लोकतन्त्रमा जनताभन्दा सर्बशक्तिमान न कुनै ब्यक्ति हुन्छ न कुनै ब्यबस्था । जनताको दुःखमा काम नगर्नेहरु अस्विकृत हुन्छन् । यो हालै सम्पन्न स्थानीय निर्वाचन परिणामले नै प्रमाणित गरिसकेको छ । नयाँ निर्बाचित नगर प्रमुख भएर आयपछि तपाईंसंग मेलम्चीका स्थानीय बासिन्दाका केहि अपेक्षाहरु राखेका छन ।

खासगरी निर्वाचनको मिति अघि मनोनयन दर्ता गर्नु पुर्ब मतदातालाई मत माग्न सम्बोधन गर्ने क्रममा होस् चाहे निर्वाचन सम्पन्न भएर परिणाम आएपछिको बिजयी सभामा बाढीले खण्डहर जस्तै बनेको मेलम्चीको संरक्षण र पुनर्निर्माणमा तपाईंले व्यक्त गरेको प्रतिबद्धताको यौटा साक्षी पार्टीको जिम्मेवार सदस्य हुनुको नाताले म पनि थिए ।

आज प्रत्येकले म संग प्रश्न गर्छन् बाढिले तहसनहस पारेको मेलम्ची बजारको संरक्षण र पुनर्निर्माणमा स्थानीय सरकारको भुमिका के हो ? नगरपालिकाको नेतृत्वमा के कति काम हुदैछ ? मेलम्ची बजार संरक्षणमा प्लम ढलान हुन्छ कि आरसिसि ढलान हुदैछ ?
नयाँ पुल मुनि जालि भरेर नदि नियन्त्रण गर्ने काम नगरपालिकाको बजेट मार्फत भएको हो ?
खोला भरि मेसिन मार्फत कतयलभ कतयअपष्लन र च्यानलाइजिङको काम भैरहेको रहेछ नगरपालिकाको बजेटले हो ?

यसरी गरेको प्रश्न पछि म अनुत्तरित हुन्छु । बजार जोखिममा रहेको कुरा पटकपटकको भेटमा भनिरहेकै छु । मेलम्चीको नयाँ पुल मुनिको स्थान ठुलो जोखिममा रहेको पनि थुप्रै पटक भनेको छु नभन्दै हिजो राति आएको बाढि त्यही ठाउँबाट प्रवेश गरिसकेछ ।

अब तत्काल नै केहि काम त्यस ठाँउमा हुनसकेन भने मेलम्चीले कुनैपनि बेला ठुलो क्षति ब्यहोर्नु पर्ने हुनसक्छ । त्यसैले मैले यसै मार्फत नगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छु । बिपत्त पछि हैन बिपत अघि । बाढि पछि होइन बाढि अघि । क्षति भएपछि होइन क्षति हुनु अघि । तत्काल नदि नियन्त्रणमा काम गर्न सबैको तर्फबाट आग्रह गर्दछु ।

सागरकुमार श्रेष्ठ

समाजसेवी तथा होटल व्यवसायी
मेलम्ची नगरपालिका

हेलम्बु–मेलम्ची क्षेत्रमा बाढीबाट कटान सुरु : रातभर स्थानीय बासिन्दा घर बाहिर


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!