हेलम्बु–मेलम्ची क्षेत्रमा बाढीबाट कटान सुरु : रातभर स्थानीय बासिन्दा घर बाहिर

- July 21, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेलम्ची । गत वर्ष मेलम्ची नदिमा गएको विनाशकारी बाढी पहिरोबाट क्षति व्यहोरेका हेलम्बु–मेलम्चीका स्थानीय बासिन्दाको घाउमा खाटा नबस्दै पुनः सो क्षेत्रमा बाढीले कटान सुरु गरेको छ ।

निरन्तर परेको पानीका कारण मेलम्ची नदी र आसपासका साना खोलामा पानीको सतह अशोभाविक रुपमा बढ्दै ठूलो आवाज आएपछि स्थानीय बासिन्दाहरु रातभर बाहिर खुला स्थानमा बसेर रात काट्न बाध्य भएका छन् ।

गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डका ठाउँ–ठाउँमा कटान गरेर यातायात सेवा अबरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ ।

हेलम्बुको वडा नम्बर ४ स्थित रहेको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा सडक अवरुद्ध भएको छ ।बाढीले बाटोहरु अवरुद्ध भए पनि मानविय क्षति भने भएको यो समाचार तयार पारुनजेलसम्म जानकारी आएको छैन ।

यसैबीच, हेलम्बु गाउपालिका वडा नम्बर ४ ग्याल्थुममा मेलम्ची नदीले बाटो कटान गरेर यातायात समेत अबरुद्ध भएपछि प्रसुती बेथा लागेको बिरामी महिलालाईलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको समाचार प्राप्त भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!