हरित पर्यटनसँगै रोजगारी सिर्जना गर्न सरकारले काम अगाडी बढाएको छ : पर्यटनमन्त्री श्रेष्ठ

- July 20, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पर्यटन मन्त्री जीवनराम श्रेष्ठ पर्यटन मन्त्री श्रेष्ठले मुलुकमा हरित पर्यटनसँगै रोजगारी सिर्जना गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गम्भीर रहेको बताए । मन्त्री श्रेष्ठले भने,‘आन्तरिक पर्यटनसँगै छिमेकी मुलुकबाट आउने पर्यटक भित्राउन आवश्यक छ, फोहोर लगायत, विद्युतीय ऊर्जा, ग्रीन होम, होटल्स् तयारीका लागि ग्रीन क्लाइमेट फन्ड लगायत विषयमा छलफल गरी कार्यन्वयनमा ल्याउन आवश्यक छ ।’

देशको आर्थिक विकास र आयस्रोतलाई बलियो बनाउने उत्तम क्षेत्र पर्यटन भएकोले यस क्षेत्रको विकास गर्नुमा दुईमत नभएको उद्योगीहरुले बताएका छन् । मुलुकको पर्यटन क्षेत्र प्रवद्र्धनका लागि सरकारले पूर्वाधार विस्तारमा जोड दिन आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य महासंघ सहकार्यमा आयोजित फोहोर व्यवस्थापन, हरित पर्यटन लगायत विषय केन्द्रित छलफलमा उद्योगीले सरकारलाई पूर्वाधार विकासमा इमानदार काम गर्न आग्रह गरेका छन् । उपयुक्त पूर्वाधार भए पर्यटन व्यवसाय सहज हुने उद्योगीहरुले बताएका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न गन्तव्य पुग्ने सडक पूर्वाधार विस्तार गर्नका लागि सुझाव दिएका छन् । उनले पर्यटनसँग सम्बद्ध कोभिड प्रभावित क्षेत्रलाई दिइएको राहत अझै निरन्तर दिन आवश्यक रहेको उनले बताए । अध्यक्ष गोल्छाले भने,‘नेपालको निजि क्षेत्र सक्षम छ ।

तर सरकारले पनि पूर्वाधार सुधारको कामलाई तदारुकताका साथ अगाडि बढाउन आवश्यक छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न गन्तव्यसम्म पुग्नका लागि उचित पूर्वाधार तयार गर्न आवश्यक छ ।’ उनका अनुसार पर्यटकलाई आकर्षित गर्ने धेरै सम्भावना रहेको बताउदै अगाडी भने,‘हामी पूर्वाधार विस्तार गर्न सक्दैनौं सरसफाइ, बाटो लगायत सरकारले तयार गरिदिन आवश्यक छ ।’

पर्यटनलाई समृद्धिसँग जोडनकालागि झोले पर्यटकभन्दा पनि हाइइन्ड पर्यटक भित्राउन समेत आवश्यक रहेको अध्यक्ष गोल्छाले बताए । उनले भने,‘झोले पर्यटकले ६ प्रतिशत मात्र जीडीपी दिए, २० प्रतिशत जीडीपी कायम गर्नका लागि हाइ एन्ड पर्यटक ल्याउन आवश्यक छ ।’ विदेशी पर्यटकलाई नेपाल भ्रमणमा प्रोत्साहनका लागि सरकारले विदेशी मदिरा खुला गराउन आवश्यक रहेको उनले बताए । पर्यटन क्षेत्रको पुनरुत्थानभन्दा पनि नव उत्थान गर्न आवश्यक रहेको उनले कार्यक्रममा बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!