ग्लोबल आइएमई बैंकबाट कर्मचारीकै संलग्नतामा ८ लाख रुपैयाँ हराएपछि…

- July 19, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । दुःख गरि कमाएको रकम सुरक्षित रहने विश्वासमा बैंकमा लगेर डिपोजिट गरेको पैसा बैंकबाट हराएपछि बचतकर्ताहरु अहिले मारमा परेका छन् । प्राप्त समाचार अनुसार ग्लोबल आइएमई बैंकमा डिपोजिट गरेको रकम आप्mनो खातामा नभएपछि सुनसरी कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवार अहिले उजुरी बोकेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका छन् ।

उनको पैसा चोरी भएको भन्दै त्यहाँ पुगेको प्रहरीले जनाएको छ । उनी पटकपटक प्रहरी कार्यालय पुगी सके तर उनको उजुरीमा खासै पहल भने नभएको दुखेसो गरेका छन् । उनको बैंक खाताबाट हराएको पैसा अझै फेला परेको छैन। भिन्डवार सन् २०१० अप्रिलमा काम गर्न मलेसियामा गएको बताए ।

मलेसियामा काम गरेर उनले ग्लोबल बैंकमा बचत गर्न थाले । परदेशमा पसिना बगाएर कमाएको पैसा जम्मा गर्न उनले बैंक खाता खोलेर जम्मा गरेको ८ लाख रुपैयाँ अहिले बैंकबाटै हराएपछि उनी आफ्नो बचत गरेको रकम खोजी पाऔ भन्दै प्रहरी कार्यालयमा गएको पनि धेरै पटक भयो ।

तर बैंकले समेत सो रकम कहाँ कस्ले चो¥यो भन्ने बारेमा पनि खोजी नगरेको दु्खेशो पीडितले गरे । उनले पानीपोखरीस्थित ग्लोबल आइएमई बैंकमा सन् २०१६ अप्रिल १४ मा खाता खोलेका थिए। सन् २०२० को मार्चमा उनी नेपाल फर्किए। बैंकमा भएको पैसा निकाल्न उनी जतिबेला गए तब उनले थाहा पाए बैंकको खातामा उनको पैसा नभएको थाहा पाए ।

केही महिनापछि सुनसरीको इनरूवास्थित ग्लोबल आइएमईको शाखामा गएर उनले दुई लाख रुपैयाँ निकाल्न खोजे। पैसा निकाले मोटरसाइकल किन्न लागेका छिमेकीलाई सापट दिने उनको योजना थियो। कर्मचारीले ‘यो खातामा भएको पैसा त पहिला नै निकालिसकेको भन्दै जवाफ दिएपछि उनले थाहा पाए ।

१० वर्ष मलेसियामा दुःख गरेर कमाएको ८ लाख २६ हजार रुपैयाँ जम्मा गरेका थिए। त्योमध्ये ७ लाख त झिकिइसकेको बताए । आफ्नो खाताबाट पैसा चोरी भएको बारे उनले बैंकलाई निवेदन पनि दिएपछि स्टेटमेन्ट हेर्दा थाहा भयो उनको खाताको सबै पैसा मोबाइल बैंकिङबाट कारोबार भएको खुलेको छ ।

भिन्डवारले मोबाइल बैंकिङ नचलाएको बताए। सो खातामा मोबाइल बैंकिङ एक्टिभेट गर्न भरेको फारममा अक्षरहरू फरक–फरक भएको छ । बैंक खाता खोल्दा दिएकै नागरिकताको फोटोकपीलाई काटेर अर्को कपी बनाएको समेत दाबी पीडितले गरेका छन् । उनको खाताबाट सन् २०२० अक्टोबर १८ मा पहिलो पटक रकम निकालेको स्टेटमेन्टमा देखिएको छ ।

उनले इटहरी शाखाबाट पानीपोखरीस्थित कार्यालयमा निवेदन पठाएको छ । आफ्नो खातामा भएको रकम मोबाइल बैंकबाट चोरी भएको र अनुसन्‍धान गरी सबै रकम फिर्ता पाउँ भन्ने उनको माग गरेका देखिएको छ । बैंकमा पैसा चोरी भएको निबेदन दिएपछि पनि बाँकी पैसा धमाधम चोरी भइरहेको थियो।

बाँकी रहेको अरू पैसा पनि खाताबाट निकालिए पनि बैंकले कुनै चासो समेत नदेखाएको उनको भनाई रहेको छ । अनुसन्धानमा संलग्न एक सुरक्षाकर्मीका अनुसार भिन्डवारको पैसा चोरी हुनुमा बैंकका कर्मचारीकै मिलेमतो देखिन आएको बताएका छन् । अनुसन्धानबाट बैंककै गल्ती देखिँदा पनि बैंक उनको सबै पैसा फिर्ता गर्न तयार भएको छैन।

प्रहरीले यसमा चोरी भएको सबै रकम तिर्नु भन्दै बैंकलाई पत्र नै लेखेर पठाएको पीडित भिन्डवारले बताए। तैपनि बैंकले एक लाख १८ हजार मात्रै तिर्ने भन्दै आएको बताएसंगै सो रकम चोर्नमा बैंककै कर्मचारीबाट भएको प्रायः निश्चित भएको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!