पूर्वन्यायाधीशले माओवादीमा भएको अन्तर्घातको जाँचबुझ गर्ने

- July 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेकपा माओवादी केन्द्रमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा जाँचबुझ आयोग गठनको प्रस्ताव गरिएको छ । यद्यपि अध्यक्ष प्रचण्डले अहिले नै पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक जाँचबुझ गर्नु अनौठो हुने भन्दै सो प्रस्ताव स्थगन गरेका छन् ।

केन्द्रीय कमिटी बैठकमा मधेसमा भएको चरम अन्तर्घातको छानबिनका लागि नेता मात्रिका यादवले न्यायिक जाँचबुझ आयोग गठनको कुरा उठाएको प्रचण्डले बताए । तर, उनले टंक राई नेतृत्वको अनुशासन आयोग नै त्यसका लागि काफी रहेको बताए । राई कुनै गुटमा नरहेकाले उनलाई विश्वास गर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिले मलाई यहाँ श्रीरामजीले ९श्रीराम ढकाल० एउटा चिट दिनुभयो । मात्रिकाले पूर्वन्यायाधीशको अध्यक्षतामा अन्तर्घातको जाँचबुझ गर्ने भन्ने प्रस्तावको कुरामा । वास्तवमा यो प्रस्ताव आएकै हो र छलफल भएको हो । तर, अहिले को न्यायाधीश खोज्ने रु अनुशासन आयोग नै त्यसको लागि उपयुक्त छ भन्ने कुरा भयो । न्यायाधीशतिर जाँदा अलि बढी नै होला ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!