गम्भिर लापर्वाही गर्ने चिकित्सकमाथी छानबिन हुने

- July 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकको गम्भीर लापर्वाही घटनाप्रति प्रदेश सभाको बैठकमा आवाज उठेपछि छानबिनका लागि मधेश प्रदेश सभाका सभामुखले निर्देशन दिएका छन् ।

अस्पतालका चिकित्सकले बिरामीको चेकजाँच बिनै पित्त थैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेको घटना सार्वजनिक भएपछि यसलाई गम्भीर रूपमा लिँदै सभामुख सरोज कुमार यादवले छानविन गर्नका लागि निर्देशन दिएका हुन् ।

मधेश प्रदेशसभाको बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्यहरु लोसपाका प्रदेश सभा सदस्यहरु उपेन्द्र महतो, रानीशर्मा तिवारी र जसपाका मनिष सुमनले आवाज उठाएपछि सभामुखले छानविन गर्नका निर्देशन दिएका हुन् ।

सभामुख सरोजकुमार यादवले महिला बालबालिका तथा सामाजिक न्याय समितिलाई छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । समितिका सभापति जयनूल राईनले समितिको बैठक डाकेका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हाल जनकपुरधाम उप–महानगरपालिका कोठा भाडा लिएर बस्दै आएकी विभा चौधरीको अवस्था गम्भीर बनेपछि यो घटना सार्वजनिक भएको हो ।

काठमाडौँस्थित मेडिसिटी हस्पिटलमा उपचार भइरहेको विभाको गएको असार १३ गते प्रादेशिक अस्पतालमा बिना चेकजाँच नै चिकित्सकले अप्रेसन गरेपछि उनको अवस्था गम्भीर बनेको थियो । त्यसपछि असार १६ गते उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । विभाको डा. राजेश साह र डा. आश्विनी यादवले शल्यक्रिया गरेका थिए ।

उता पीडित परिवारले उपचारमा लापरबाही गर्ने संलग्न चिकित्सकहरूलाई कडा कारबाहीको साथै क्षतिपूर्तिको माग गरेका छन् । राजधानीबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया