नाडा अटो एक्सपोमा राख्ने गाडी समेत भएन

- July 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आयोजना गरेको नाडा अटो एक्सपो २०२२ मा राख्ने गाडी समेत नभएको खुलेको छ । पुराना मोडलका केही सवारी साधान व्यवसायीहरुको स्वरुममा भएपनि मेलामा राखिने गाडी समेत पुग्दो नभएको भन्दै सरकारले लगाएको आयातको प्रतिबन्ध हटाई दिनभन्दै नाडाको एक समुह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आग्रह समेत गरेका छन् ।

सो भेटमा नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन प्रधानमन्त्री देउवालाई भेटी फेरी माग गरेको हुन । नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउने भएकाले सरकारले लगाएको आयातको प्रतिबन्ध खुला गर्न माग गरेको बताए ।

अध्यक्ष थापाले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट पारेको बताए । त्यसैले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए ।

अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले सो प्रतिवन्ध खुल्ला गरि दिन आग्रह गरेको बताए ।

भेटपछि प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अव नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापनागरी बढदो व्यापार घाटा कम गर्न सुझाव समेत दिएको अध्यक्ष थापाले बताए । उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!