खुमलटारमा माओवादी नेता

- July 6, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गठबन्धन सरकारको एक घटक नेकपा माओबादी केन्द्रका सवै नेता अध्यक्ष पुष्षकमल दाहालको निवास खुमलटारमा जम्मा भएका छन् । पछिल्लो समयमा अर्थमन्त्री जनार्दन शर्माको विवाद र पदाधिकारीलगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रका नेता एक ठाउँ जम्मा भएका छन् ।

खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा पूर्वस्थायी समितिका नेताहरूबीच छलफल भइरहेको छ । मंगलबारको बैठकमा पदाधिकारी, स्थानीय समिति र पोलिटब्यूरोबारे आवश्यक निर्णयको जिम्मा अध्यक्ष दाहाललाई दिइएको थियो ।

बुधबार १ बजेदेखि बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले पदाधिकारी र स्थायी समितिको नाम सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रचण्डले त्यसैका लागि नेताहरूसँग परामर्श गरेका हुन् । महासचिवमा कुरा मिल्न बाँकी रहेकाले तत्काललाई पोलिटब्यूरो र स्थायी कमिटी मात्र फाइनल हुनसक्ने माओवादीका एक नेताले बताए । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको तीब्र आकांक्षा छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!