अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले राजीनामा दिए

- July 6, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि हामीले संघर्ष गर्नुपर्छ । त्यसैले मैले राजीनामा दिने निर्णय लिएँ ।’ उनले आफ्नो देशले निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि बताएका छन् ।

सुनकसँगै बेलायतका स्वास्थ्यमन्त्रीले पनि राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्री साजिद जावेदले प्रधानमन्त्री जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको आरोप लगाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!