संसदीय चुनाव मंसिर २ वा ५ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

- July 5, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गर्ने तयारी भएको छ । निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

आयोगले बुधबार मिति सिफारिस गरे पनि १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने आयोगले जनाएको छ ।

आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार गरेको हो । आयोगले ‘प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारको उच्च स्तरीय टोलीलाई भेटेर मंसिर २ वा ५ गतेमध्ये एक दिन निर्वाचन गर्नका लागि ५ पेजको सिफारिस पत्र समेत सरकारलाई बुझाउने कार्याक्रम तय गरेको जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!