नागरिकता विधेयक संसदबाट फिर्ता

- July 5, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसद्बाट फिर्ता लिने भएको छ । छलफलमा रहेको उक्त विधेयक संसद्बाट फिर्ता लिने निर्णय भएको हो ।

सरकारले अध्यादेश ल्याउनका लागि संसद्मा रहेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको हुनसक्ने अनुमान गरिएको छ । सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ । अहिले विधेयक प्रतिनिधिसभा पेस भएको छ ।

उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद कायम छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!