भलिबल संघ बाग्मतीको नेतृत्व हत्याउने विषयमा विवाद

- July 1, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भलिबल संघ बाग्मती प्रदेशको नेतृत्व को कस्ले हत्याउने भन्ने बारेमा चर्को विवाद भएको छ । सो संघका संयोजक कुमारराज सुवेदीले पुर्वमध्यमाञ्चल क्षेत्र कमिटीको आयोजनामा हुन गईरहेको भलिबल संघ बाग्मती प्रदेशको अधिबेशन तथा साधारणसभा अबैधानीक रुपमा सञ्चालन गरेको भन्दै विरोध हुदाँ पनि जवरजस्ती साधारण सभा सुरु गरी बन्दसत्र समेतको घोषणा गरेपछि सो संघमा विवाद उत्पन्न भएको हो ।

बन्दसत्रमा कुनै पनि जिल्लाबाट आएका भलिबल खेल प्रतिनिधिलाई केही जानकारी नगराई आयोजक कमिटीले एकपक्षीय ढंगबाट आफ्नो अनुकुल र फाइदाका केही व्यक्ती मात्र राखेर बाग्मती प्रदेश भलिबल संघ घोषणा गर्ने क्रममा भक्तपुर जिल्लाबाट प्रतिनिधिको रुपमा सहभागी भएका भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तथा भक्तपुर भलिबल संघका उपाध्यक्ष दिपक थापाले आयोजक कमिटीको निर्णय उपर बिरोध गरे पछि विवाद चर्किको जनाइएको छ ।

थापाले सर्वसहमतिमा नयाँ कमिटी गठन गर्नुपर्ने भन्दै माग राखेपछि छलफल गर्ने बहाना पारेर मध्यराति सम्पुर्ण प्रतिनिधिहरुलाई अलपत्र पारेको आरोप समेत लागेको छ । सो छलफल नगरि आफुखुशी कार्यक्रम स्थगित भएको सुचना टाँसी संघ कव्जा गरेको समेत बताइएको छ । तर आयोजकले तोकेको समयमा १३ वटा जिल्लाका जिल्ला प्रतिनिधिहरु पुर्व निर्धारित समयमा आयोजना स्थलमा पुग्दा त्यहाँ कोही पनि आयोजक नै नआएको समेत बताइएको छ ।

कार्याक्रम स्थलमा प्रतिनिधिहरु पुगेको लामो समय भैसकक्दा पनि सम्बन्धित पक्ष नआएपछि आयोजकलाई सम्पर्क गर्दा फोन ‘अफ’ गरेर सम्र्पक विहिन भएको प्रतिनिधिहरुले दुखेशो गरेका छन् । मध्यमाञ्चल भलिबल संघका उपाध्यक्ष दिपक लामा कार्यक्रम आयोजना स्थलमा देखा परेपनि उनीसँग केही कुरा बुझ्न खोज्दा आफुलाई केही जानकारी नभएको भन्दै पन्छिएको समेत बताएका छन् ।

आयोजक नै फरार भएपछि भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, सिन्धुली, मकवानपुर र दोलखा जिल्लाका सम्पूर्ण जिल्ला प्रतिनिधिहरुको सर्वसहमतबाट मध्यमाञ्चल क्षेत्रिय भलिबल संघका उपाध्यक्ष दिपक लामाको अध्यक्षतामा भलिबल संघ बागमती प्रदेशको अध्यक्ष दिपक थापाको नयाँ कमिटी गठन गरेको समेत जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!