अख्तियारमा उजुरी पर्छ तर हुदैन कारबाही : ‘छानविन हुदै छ केही भन्न मिल्दैन’

- June 30, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशभरबाट विभिन्न माध्यामबाट अनियमिता र भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि कारबाही भने नभएको गुनासो उजुरीकर्ताबाट आउन थालेको छ । अख्तियारमा परेकोमाथी कारबाही नभएका कारण उजुरीको चाङ लाग्दै गएको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा अख्तियारमा भ्रष्टाचार सम्बन्धी बाह्र हजार ४ सय ९२ वटा उजुरी परेको तथ्याङकले देखाएको छ । यो संख्या साउनदेखि असार महिनाको १५ गतेसम्म विभिन्न स्रोतहरुबाट परेको उजुरीको आधारमा हेरिएको छ । तर, अख्तियारले अनुसन्धानपछि विशेष अदालतमा भने यसबीच जम्मा ११७ वटा मात्र मुद्दा दायर गरेको छ ।

अख्तियारले यसरी अनुसन्धानपछि अभियोजन दर्ता गरेको मुद्दाको संख्या उजुरी परेको संख्याको तुलनामा ० दशमलव ९३ प्रतिशत मात्र रहेको देखिन्छ । त्यसो त अख्तियारलाई बेला बखत विवादमा तान्ने गरेको स्ट्रिङ अपरेशन मार्फत यो वर्ष जम्मा २४ जना व्यक्तिहरु समेत पक्राउ परेको देखिएको छ ।

यसरी अख्तियारद्वारा खटिएका प्रहरीद्वारा रंगेहात यसरी अख्तियारको फन्दामा पर्नेहरुमा स्थानीय तहका कर्मचारीहरुको संख्या पनि उल्लेख्य मात्रामा रहेको छ । आयोगमा परेका उजुरीमा तथ्य र प्रमाण नपुगेका कारण परेका उजुरी मध्ये थोरै मात्रामा अभियोजनमा जाने गरेको अख्तियारले जनाएको छ ।

आयोगमा उजुरी परेपछि छानबिनमा गएका उजुरीहरु पनि अदालतमा बुझाउन सक्ने गरी दसी प्रमाण भेटिएपछि भ्रष्टाचार गरेको प्रमाणित भएमा मात्र अभियोग पत्र दायर हुने गरेको जनाउदै आएको छ । पछिल्लो समय अख्तियारमा अनलाइनबाट उजुरी बढी आउन थालेको छ ।

आयोगको वेभसाइट र अन्य फेसबुक, इमेल, ट्वीटर, भाइबर, हटलाइन, टोल फ्री नम्बर र हुलाक बाट बाट पनि उजुरी गर्न मिल्छ । टंगाल बाहेक अन्य आठ कार्यालयबाट पनि उजुरी गर्न मिल्ने गरेको आयोगका सूचना अधिकारी भण्डारीले जानकारी दिए । सूचना प्रणालीको एकीकृत प्रणालीबाट उजुरी दर्ता गरिन्छ ।

हामीले त्यो उजुरीको जेनेरेटाइज गर्छौ । सिस्टम मै जेनेरेटाइज हुन्छ । उजुरी आएको जानकारी आएपछि छानबिनको प्रक्रिया सुरु हुन्छ । पछिल्लो पाँच महिनामा आयोगमा ४ हजार ४८१ वटा उजुरी परेका छन् । उक्त संख्या चालु आवको फागुनदेखि असार १५ गते सम्मको हो ।

यस अवधिमा जसमा सबैभन्दा बढी लिखित निवेदनबाट १५१६ वटा, हुलाक सेवाबाट ७८३ वटा, इमेलबाट ८७३ वटा, आयोगको वेभसाइटबाट ७०४ वटा, टेलिफोनबाट ३०७ वटा, समाचार पत्रबाट ८१ वटा र अन्य स्रोतबाट १६४ वटा उजुरी परेको हो । आयोगको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको साउन महिनामा मात्र १६३२ वटा उजुरी परेका छन् ।

जसमा सबैभन्दा बढी लिखित निवेदनबाट ५६६ वटा, हुलाक सेवाबाट ३५० वटा, इमेलबाट ३११ वटा, आयोगको वेभसाइटबाट २१६ वटा, टेलिफोनबाट ७३ वटा, समाचार पत्रबाट ६४ वटा, मोबाइल एपबाट ३० वटा र फेसबुकबाट २२ वटा उजुरी परेको हो । भदौ महिनामा विभागमा मात्र १६३२ वटा उजुरी परेका छन् ।

लिखित निवेदनबाट ४४२ वटा, हुलाक सेवाबाट २९१ वटा, इमेलबाट २५९ वटा,आयोगको वेभसाइटबाट १८४ वटा, टेलिफोनबाट ७० वटा, समाचार पत्रबाट २७ वटा, मोबाइल एपबाट १६ वटा र फेसबुकबाट ७ वटा र भाइबरबाट एउटा उजुरी परको तथ्यांकमा उल्लेख छ ।

आयोगको तथ्याङक अनुसार असोजमा विभिन्न स्रोतहरुबाट १०१९ वटा उजुरी परेका छन् । लिखित निवेदनबाट ३२० वटा, हुलाक सेवाबाट २६१ वटा, इमेलबाट १७७ वटा, आयोगको वेभसाइटबाट १८३ वटा, टेलिफोनबाट ४८ वटा, समाचार पत्रबाट १२ वटा, मोबाइल एपबाट ८ वटा र फेसबुकबाट ९ वटा उजुरी परेको हो ।

अख्तियारमा कात्तिक महिनामा ८४० वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट १९७ वटा, हुलाक सेवाबाट २३४ वटा, इमेलबाट १९३ वटा,आयोगको वेभसाइटबाट १३० वटा, टेलिफोनबाट २७ वटा, समाचार पत्रबाट १३ वटा, मोबाइल एपबाट २१ वटा र फेसबुकबाट २ वटा र भाइबरबाट एउटा उजुरी परको तथ्यांकमा उल्लेख छ । मंसिर महिनामा आयोगमा ९९२ वटा उजुरी परेका छन् ।

यस महिनामा लिखित निवेदनबाट ३०७ वटा, हुलाक सेवाबाट २६९ वटा, इमेलबाट २०५ वटा,आयोगको वेभसाइटबाट १२२ वटा, टेलिफोनबाट ३१ वटा, समाचार पत्रबाट २३ वटा, मोबाइल एपबाट १४ वटा र फेसबुकबाट ३ वटा उजुरी परेको हो । यस्तै, पुसमा एक हजार ११५ वटा उजुरी परेका छन् ।

जसमा लिखित निवेदनबाट ३९१ वटा, हुलाक सेवाबाट २०३ वटा, इमेलबाट २०५ वटा, आयोगको वेभसाइटबाट १९१ वटा, टेलिफोनबाट ६७ वटा, समाचार पत्रबाट ८ वटा, मोबाइल एपबाट १३ वटा र फेसबुकबाट ५ वटा एउटा उजुरी परेको तथ्यांकमा उल्लेख छ ।

आयोगको तथ्यांक अनुसार माघमा एक हजार ६५७ वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट १८५ वटा, हुलाक सेवाबाट ९५ वटा, इमेलबाट १५८ वटा, आयोगको वेभसाइटबाट १३६ वटा, टेलिफोनबाट २७ वटा, समाचार पत्रबाट २२ वटा र फेसबुकबाट ६ वटा एउटा उजुरी परेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!