गायत्री थापाका ‘थरी थरी भोले’ सार्वजनिक

- June 30, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । तिज आउन दुई महिना बाँकी छ । तर बजारमा तिज लक्षित गीतसंगीत भने आउन थालिसकेका छन् । यस्तैमा चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तिज गीत ‘थरी थरी भोले’ ल्याएका छन् । जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुह गायन रहेको छ ।

लोक तथा डान्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ । गीतको निकै आकर्षक भिडियो बनेको छ । भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ । थुप्रै कोरस प्रयोग गरेर बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गरेकी हुन् ।

तडक भडन नगरी निकै जेरी भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नविन घर्तिमगरले गरेका हुन् । लोक, आधुनिक लगायत थुप्रै गीतमा शब्द तथा स्वर भन्दै आएकी गायिका गायत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि देखिदै आएकी छन् । ‘थरी थरी भोले’ गीत निर्देशक गायिकाले आफ्नै शिवर्दन फिल्मस्बाट निर्माण तथा सार्वजनिक गरेकी हुन् । गीत तथा भिडियो निकै राम्रो बनेकोले दर्शक श्रोताको मनपराउने निर्देशक गायत्रीले बताइन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!