ल्याब परिक्षण स्टिकर लगाएको पानी प्रयोग गर्न संघको आग्रह

- June 29, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । उपत्यका लगायत अन्य स्थानमा समेत पछिल्लो समयमा मौसमी विरामी (हैजा) का बिरामी भेटिएपछि नेपाल बोतल वाटर उद्योग संघले ल्याब परिक्षण स्टिकर लगाएको पानी मात्र प्रयोग गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले समेत काठमाडौं उपत्यकामा मौसमी हैजा देखिएको बताएसंगै सो रोग पानीका कारण देखा पर्ने भएकाले सवै उपभोक्ताहरुले ल्याव परिक्षण गरि स्टिकर लगाएको पानीमात्र खरिद गरि प्रयोग गर्न गराउन सवै वर्गमा आग्रह गरेको सो संघका अध्यक्ष धु्रव गौतमले बताएका छन् ।

काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । जारको पानीमा हैजाका जीवाणु भेटियो भन्ने समाचार समप्रेष्ण भएपछि आम उपभोक्ता त्रसित भएकाले अब उप्रान्त जारमा ल्याव परिक्षण गरेको आधिकारी स्टिकर हेरेर मात्र प्रयोग गर्न संघले अनुरोध गरेको छ ।

संघले हालसम्म कुनै पनि खानेपानीको जार तथा बोटलमा हैजाको जीवाणु नभेटिएको र बजारमा फैलिएको हल्लाको भरमा उपभोक्ता त्रसित नहुन र संघमा आवद्ध भएका पानी उद्योगबाट उत्पादन भई वितरण हुँदै आएका जार तथा बोतलका खानेपानी स्वच्छ र सुरक्षित भएकाले निर्धक्क साथ प्रयोग गर्न पनि उपभोक्तालाई आग्रह गरेको छ ।

खानेपानी जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिने संवेदनशील विषय भएकोले संघ अन्र्तगत रहेका सम्पूर्ण खानेपानी उत्पादन कम्पनीलाई गुणस्तरको विषयमा समेत संघले ध्यानाकर्षण समेत गराउदै उपभोक्तालाई गुणस्तरिय पानी उपलव्ध गराउन समेत संघले निर्देशन दिएको संघका बरिष्ठ उपाध्यक्ष विक्रम लिम्बु चेम्जोङले बताएका छन् । संघले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट जारी भएको नम्बर जार तथा बोतलको बिर्कोमा भए नभएको जाँच गरि र ल्याब परिक्षण स्टिकर लगाएको पानी मात्र प्रयोग गर्न आम उपभोक्तालाई अपलि समेत गरेको अध्यक्ष गौतमले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!