फुड सप्लिमेन्टका उत्पादन गर्नेमाथी कारबाही गर्न औषधी संघको माग

- June 29, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । रुपन्देहि जिल्लामा नक्कली औषधीको अबैध बिक्रि बितरण, प्याकिङ, लेबलिङ्गसाथै अधिकतम बिक्रि मुल्य समेत प्रिन्ट गरि बजारमा पठाईएको भन्ने समाचार प्रति नेपाल औषधी उत्पादक संघको ध्यानाकर्षण भएको जनाएको छ । संघले सोमबार एक विज्ञप्ति प्रकाशन गर्दै उक्त गोदामहरुमा छापा मार्दा बरामद भएका बस्तुहरु नेपाली औषधी उद्योगले उत्पादन गरेका औषधीहरु नभएर न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टहरु रहेको सम्बन्धित सबैमा जानकारी गराएको छ ।

संघले नेपालमा उत्पादन तथा बिक्रि बितरण हुने औषधीहरु औषधी ब्यबस्था बिभागबाट गुणस्तरको सुनिश्चितता गरि दर्ता भई बजारमा जाने भएकाले सो कार्य हुन नसक्ने भएकाले त्यस विषयमा नेपालमा औषधी उत्पादन गर्ने उद्योगबाट सो कायृ नगरेको समेत प्रष्ट पारेको छ ।

संघले केहि बर्ष यता बजारमा न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टको नाममा औषधी कै बनावट र प्याकिङ्गमा बिक्रि बितरण भै रहेको जनाउदै औषधी भन्दा कयौं गुणा बढि मुल्य लिई यस्ता उत्पादन बिक्रि बितरण भैरहेकोमा सो कार्यले औषधी उद्योगीहरुमाथी आरोप लाग्न गएकोमा समेत दुःख व्यक्त गरेको छ ।

संघले अगाडी लेखेको छ, खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको सिफारिसमा यस्ता बस्तुहरुको आयात भैरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले २०७४ सालमा नै प्रबिधिजन्य स्वास्थ्य सम्बन्धि निर्देशिका जारी गरिसकेको भएता पनि यस्ता उत्पादन नेपाली औषधी उद्योगले बनाउन हालसम्म पनि अनुमति नपाएको बताए । चिकित्सकलाई समेत भ्रममा पारी यस्ता उत्पादनहरु लेखाउने प्रबृति बढ्दो छ ।

औषधीजन्य पदार्थ मात्र बिक्रि गर्ने अनुमति पाएका औषधी पसलबाट निर्वाध रुपमा यस्ता बस्तुहरु बिक्रीहुँदा समेत सम्बन्धित निकाय मौन रहको बताएको छ । आयातलाई खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागबाट खाद्य पदार्थको रुपमा अनुमति लिने तर औषधी कै रुपमा औषधी पसलबाट बिक्रि बितरण हुँदा सर्बसाधारणले यसलाई औषधी कै रुपमा प्रयोग गरिरहेका छन ।

नेपाली औषधी उद्योगहरुले सजिलै बनाउन सक्ने यस्तै प्रकारका उत्पादनहरु आयात गर्न पाउने, थोक तथा खुद्रा बिक्रेताहरु द्वारा बिक्रि बितरण गर्न पाउने, चिकित्सकहरुले सिफारिस गर्न पाउने तर नेपाली औषधी उद्योगले भने बनाउन नपाउने नितिले हामी स्वदेशी उद्योगहरु देश भित्र नै बञ्चित रहेको प्रष्ट पारेको छ ।

स्वदेशी औषधी उद्योगलाई बञ्चित गरि जनमानस लाई भ्रममा पार्दै औषधी कै रुपमा अत्यधिक मुल्यमा बिक्री भैरहेका यस्ता बस्तुहरुको बारेमा सम्पुर्ण सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । खाद्यपुरकको रुपमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागबाट अनुमति लिई आयात गर्ने तर खाद्य पसलबाट बिक्री बितरण नभई औषधी ऐन २०३५ अनुसार औषधी ब्यबस्था बिभागमा दर्ता भएका औषधीजन्य पदार्थ बिक्री गर्ने अनुमति पाएका औषधी पसलबाट बिक्री गरिने हूँदा यो सरासर सर्वसाधारण जनतालाई भ्रममा पारी बिक्री भइरहेको समेत संघले जनाएको छ ।

अनुमति दिने र बिक्री गर्ने निकाय फरक फरक हुँदा र पर्याप्त नियमन हुन नसक्दा यस्ता प्रकारका बिकृति फैलिएको यस संघको निस्कर्ष रहेको संघले जनाएको छ । कानुन बिपरित न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टका उत्पादनहरुमा आँफै लेबलिङग, प्याकिङग तथा मुल्य प्रिन्ट गर्ने जस्ता गैरकानुनी कार्य गर्ने सबैलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको गर्न समेत संघले माग गरेको छ । साथै यस्ता प्रकारका समस्याहरुलाई जडबाट नै समाधान गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै स्वदेशी औषधी उद्योगहरुले सजिलै उत्पादन गर्न सक्ने यस्ता उत्पादनहरु तत्काल उत्पादन गर्ने अनुमति प्रदान गर्नको लागी संघले सरकारसंग माग गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!