प्रथम भिक्षुणी यशोधरा गोपा (लेख)

- June 17, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– पारसमणि पोखरेल

कपिलवस्तुको पूर्व–दक्षिणमा कली नामक एउटा सानो देश थियो । कली राज्यले कलियुगी सूर्यवंशीय राज्य कपिलवस्तुको माण्डलिकतालाई स्वीकारेको थियो । जहाँ दण्डपाणि गोपालले राज्य गर्दथे । राज्यको भूभाग सानो र उर्वर भूमि भएको हुनाले वन वस्ती र पानीको राम्रो प्रबन्ध थियो ।

व्यापार गर्नेहरूलाई पनि गण्डकी जलमार्गले निकै सजिलो थियो । राजा दण्डपाणिकी छोरीको नाम यशोधरा गोपा थियो । उनी नवयौवना सवै लक्षणले युक्त सर्वाङ्ग सुन्दरी थिइन् । राजा दण्डपाणिले सामान्य आयोजनामा मगध, अवध र कपिलवस्तु मण्डलाका राजाहरूलाई निम्ता दिएर शुभलग्नमा यशोधरा स्वयंवरको प्रवन्ध मिलाएका थिए ।

कपिलवस्तुका युवराज सिद्धार्थलाई नीजि अङ्ग रक्षक छन्दकले कलिनरेशकी छोरी गोपाको स्वयंवर समारोह हेर्न जान अनुरोध ग¥यो । कोलिया बाहेक अर्को देशमा सिद्धार्थ गएका पनि थिएनन् । छिमेकी देश आफ्नो मण्डलभित्रको समारोह निमन्त्रणा पनि आएको छ सिद्धार्थ र नन्द दुवै भाइ गएर निमन्त्रणा स्वीकार गर्न राजा–रानीले पनि आज्ञा दिए ।

अङ्गरक्षक सहित ८–१० जनाको समूहमा सिद्धार्थ यशोधरा गोपाको स्वयंवर समारोहमा उपस्थित भए । राजाहरूको पंक्तिमा दाजुभाईले नै आसन ग्रहण गरे । जहाँ ५०/५१ राजा–राजकुमारहरूको उपस्थिति थियो । ईश्वरीय पूजा–अर्चनाको कर्म सकेपछि हातमा स्वयंवरको माला दिएर सेविकाहरूका साथ यशोधरालाई आमन्त्रित राजाहरूका सम्मुख झिकाइयो ।

वयस्क सिंहीनी शिकारको यात्रामा जाँदा हिँड्ने र हेर्ने चालामा सबै राजाहरूको वय र व्यक्तित्व नियाल्दै गएर अन्तमा कपिलवस्तुका युवराज सिद्धार्थको गलामा स्वयंवरको जयमाला लगाई दिइन् । एकक्षण त उपस्थित राजा महाराजाहरू मुर्मुरीए तर के गरुन् रु हिंसक जनावर सँगको सामिप्यता, प्रतिरक्षात्मक प्रतियोगिताको घटना कोलिया र कपिलवस्तुको ऐक्यवद्धता आदि सम्झेर सबैले शिर झुकाए । केही राजाहरू विवाह समारोहमा पनि बसे भने धेरै जसो आ–आफ्नो राजभवन फर्के ।

राजकीय समारोहसाथ विशेष लग्नमा सिद्धार्थको विवाह सम्पन्न भयो । सिद्धार्थको मनमा भने शोच्दै नशोचेको घटनामा रुमलिनु प¥यो भन्ने लागेको थियो । उनलाई ब्रह्मचिन्तन् र वैवाहिक गृहस्थ जीवन एक सिक्काका दुईपाटा जस्तो महशुस भयो । पति–पत्नी बीचको प्रेम–सद्भाव र ब्रह्मचिन्तन् जस्तो ईश्वरीय कर्मलाई एकैसाथ सम्हाले । कहिले कहीं अलौकिक छटा पनि देखिसकेकी हुनाले सिद्धार्थको मार्ग दर्शनलाई अवरोध पु¥याउनु हुँदैन भन्ने यशोधराको आत्मामा विश्वास परिसकेको थियो ।

युवराज्ञी यशोधरा गर्भिणी थिइन् । अवस्थाअनुसार राजकीय सुविधाहरूको खाँचो थिएन । एकरात उनले स्वप्नमा चतुर्वाहु नारायणलाई सरासर आफ्नो खोपीमा पस्न लागेको देखिन् र हतार हतार उठेर नमस्कार गरिन् । सिद्धार्थले नमस्कार नगर्दै स्वयम् नारायण अंकमाल गर्न पुगे । दुवैजना खोपीबाट निक्लिएर बाहिर लागे ।

सिद्धार्थलाई फर्काउन पछि पछि जाँदा उनको शिरफूलको गुच्छा भुईँमा खस्यो । हिराजडित गहनाहरू र स्वर्ण पाउजु सबै टुक्राटुक्रा भएर खसे । पछि पछि कुद्दा कुद्दै उनले देखिन् सिद्धार्थ गौतम चतुर्वाहु नारायणमा नै समाहित भए । स्वयं नारायणले फरक्क फर्केर हात उठाएर भने “स्वयंसिद्ध नारीरत्न भव ।”

उनी झल्यास्स ब्युँझिइन् र बलिन्द्र आँसु झार्दै रोएर सिद्धार्थ गौतमलाई सुनाइन् । उनले भने स्वप्न घटनामा शिरपूmल र गहना चूर्ण भएर खस्नु भनेको ईश्वरमा अर्पण हुनु हो भने म स्वयं नारायणमा विलय हुनुको तात्पर्य नारायणकै प्रतिरूप भन्दा फरक पर्दैन । ईश्वरले दिएको आशिर्वादले तिमीलाई भविष्यको इतिहासमा विश्वकै प्रमुख नारीरत्न बनाउने छ । मेरो विचारमा त तिमीले यो स्वप्नलाई अनिष्ट शोच्नै पर्दैन ।”

सिद्धार्थको भनाइले उनलाई केही सान्त्वना भए पनि उनी गर्भको शिशु प्रति चिन्तित थिइन् । प्रशव रामै्र सँग भएपछि उनले त्यो अकल्पनीय स्वप्नलाई विर्सिंदै गएकी थिइन् । वैवाहिक जीवनको चौथो वसन्त पार हुनासाथ सिद्धार्थले महाभिनिष्क्रमण ब्रत लिएर राजभवन छोडेको कसैले थाहा पाएनन् ।

पति सँगको अप्रत्यासित वियोग पश्चात् सिद्धार्थको अलौकिक छटा र अकल्पनीय त्यो भयानक स्वप्न सम्झेर आत्मा समीक्षा गरिन् । शिशु राहुलको सेवा सुश्रुषा र वात्सल्य प्रेममा अलमलीएर समय विताउन थालिन् । सिद्धार्थ बुद्धत्व प्राप्त गरिसकेपछि राजगृहमा गरेको वचनबद्धता अनुसार कोशलनरेश विम्वसारकहाँ गएर सर्वप्रथम आतिथ्य ग्रहण गरे ।

त्यसपछि गौतम बुद्धको उपाधी र कोलियाको राजउत्तराधिकार प्रदान गर्ने मावली बाजे कोलिया नरेश महासुप्र गौतमबुद्धको राजभवनमा पुगे । स्वयम् वृद्ध भएको र कोलियाको उत्तराधिकारी सिद्धार्थ आएको समाचारले अति खुशी भए । भिक्षु भेषभुषामा देख्दा त्यतिनै मर्माहत दुःखी पनि ।

जतिसुकै अनुनय विनय गरेपनि सिद्धार्थले राज्यभार जिम्मा लिएनन् । उल्टै सिद्धार्थको दर्शनार्थ आएका कोलियाई भद्र भलाद्मीलाई सुजाताबाट प्रदत्त धर्मका ४ तत्वको ब्याख्यात्मक शैलीमा धार्मिक शिक्षा दिन थाले । सिद्धार्थ गौतमबुद्धको ज्ञानचर्चाले सबैलाई आकर्षित गरायो ।

राजा महासुप्रबुद्धले भाई महाशुभ्र गौतमबुद्धलाई राज्यभार सुम्पे । कोलियको राष्ट्रिय धर्म नै बुद्धधर्म निश्चित गरे । गौतम वंशी राजाहरूको प्राचीन इष्टदेव हरिहर मन्दिर पश्चिमोत्तर क्षेत्रको सुरखेती काँक्रे थुम्कोमा थियो । बुद्ध धर्मलाई राष्ट्रिय धर्म मानेपछि त्यही मन्दिरलाई नै बुद्धविहारमा परिणत गरेर बुद्धविहार नामांकरण गरि स्वयं महासुप्रवुद्ध कोलियाका प्रमुख भिक्षु भएर काक्रेविहारमा नै तपस्या गरेर बसे ।

यशोधराले भिक्षुणी संघ खोलेपछि लाङ्गललाई धेरै अप्ठ्यारो प¥यो । राजपरिवारका प्रमुख व्यक्तिहरू जे जस्ता भएपनि उनीहरूको व्यवस्था मिलाउनु उसका अगाडी प्रमुख चुनौति थियो । अर्को पक्षमा सिद्धार्थका विरोधीहरू पनि तिलौराकोट राजभवनमा गृद्ध दृष्टिले हेरिरहेका थिए ।

ठूलै हिम्मत गरेर कलियुगी सूर्यवंशीय अमराई रुम्भिनदेही (लुम्बनी) उद्यानमा राजकोषबाटै उनीहरूको नीजि सम्पत्ति छुट्याई भिक्षु भिक्षुणीहरूका लागि छुट्टा–छुट्टै बुद्ध विहार निर्माण गराएर योग, तप, शिक्षा, स्वास्थ्य, आहार–विहार, सुरक्षा आदि सम्पूर्ण विषयमा चाँजो मिलाए । यशोधरा गोपाको संरक्षकत्वमा लब्ध प्रतिष्ठा केही भिक्षुणीहरूको पनि यहाँ उल्लेख गरिएको छ ।

नन्द र राहुल दुवै काका भतिजा, सिद्धार्थको अनुशरण गरेर भिक्षु भए । सबै वर्गका र सबै किसिमका महिलाहरूले शरण पाएको हुँदा सङ्घका शुभेच्छुक र असहाया नारिहरूलाई सुरक्षा दिने पुण्यभूमिका नामले लुम्बिनी र प्रमुख संरक्षिकाका नामले यशोधरा गोपा दुवै चर्चित भएका थिए ।

सयौं वर्षसम्म काँक्रेविहार हरिहर मन्दिर सनातनी र बुद्धधर्मावलम्बीहरूको साझा तिर्थस्थल थियो । सुमित्रान्त पछि केहीवर्ष कोलियाई बुद्ध शासकहरूले कपिलवस्तुमा धार्मिक सत्ता कायम गरेका थिए । भूमिगत गिरोहहरूले धर्मगुरु र विहारहरूमाथि आक्रमण गर्न थालेपछि नेपालले बुद्धधर्मलाई राष्ट्रिय धर्मको मान्यता दियो । कलि, कपिलवस्तु र कोलिया ३ राज्य नेपालमा समाहित भए ।

सुप्रिया :

सुप्रिया राष्ट्रिय धनिमा गनिएका अनाथपिण्डदकी छोरी थिइन् । यिनको वाल्य जीवनमा दुःखको अनुभूति कही कतैबाट पनि थिएन । प्रायः बोल्ने र टुकुटुकु हिंड्ने समय सँगसँगै गरेर शिशुहरू वाल्य जीवनमा प्रवेश गर्थे । सुप्रियाको वाल्यकालमा एउटा अर्को अलौकिक पक्ष पूर्वजन्मको स्मृति पनि थियो ।

जसले गर्दा घर–परिवार र गाउँमा जन्मजात उनको प्रभाव परेको थियो । सात वर्षकै उमेरमा द्वितीय भिक्षुणी महाप्रजापति गौतमिबाट बुद्ध धर्ममा दिक्षित भएकी थिइन् । थोरै समयमा उनले तत्वज्ञान प्राप्त गरिन् र दुःखीहरूको सेवामा संलग्न हुन थालिन् । पुरै श्रावस्ती राज्य अनिकाल ग्रस्त थियो ।

देशका धनकुवेरहरू सहयोग गर्नुपर्ने डरले मुख लुकाउन थालेका थिए । समस्या जटिल देखेर भगवान बुद्धले जेतवन विहारमा भिक्षु–भिक्षुणी दुवै समूहको भेला गराएर अन्न सङ्कलनका लागि विचार बुझ्नु भयो । कसैले पनि निर्णय दिएनन् । श्रावस्ती अध्ययन भ्रमण गरेर फर्केका आनन्दले अन्नखान नपाएर मानिसहरू मरेका खबर ल्याएपछि सुप्रियाले भनिन् भगवानको कृपापूर्ण आशिर्वाद भएपछि मेरो भिक्षापात्र सधैं भरी भै रहन्छ ।

तसर्थ जीवितहरू अवश्य बाँच्नेछन् । उपस्थित समूदाय बालहट संझेर मौन थिए । पुत्री सुप्रियाको बचन पूरा गर्न अनाथपिण्डद्ले आफूसँग भएको अन्न पठाइदिए । सुप्रियाको साहस र अनाथपिण्डद्को त्याग देखेर अरु धनवानहरूमा सहयोगको भाव जाग्रत भयो । श्रावस्तीका गाउँगाउँमा अन्नले भरिएका गोरुगाडाहरू पुग्न थाले । अनिकालग्रस्त मानिसहरू बाँच्न सफल भए । त्यसपछि न सुप्रियाको भिक्षापात्र खालि भयो न श्रावस्तीमा अनिकाल नै प¥यो । सुप्रिया सदा–सर्वदा अमर रहिन् ।

मिगार–माता विशाखा

प्राचीनकालमा सकेत नगर अयोध्याको राजधानी थियो । त्यहीका धनञ्जय सेठकी छोरी विशाखाको श्रावस्तीका वरिष्ठ धनि मिगार पुत्र पूर्णवर्धनसँग विवाह भएको थियो । धनञ्जयको घरमा जस्तै मिगारको घरमा पनि आठजना विद्वान ब्राह्मणहरूको निर्णयबाट समस्या समाधान गर्ने चलन थियो । मिगार दिगम्वरका उपासक थिए भने विशाखा भगवान बुद्धकी उपासिका थिइन् ।

विशाखाले दश नियमको व्याख्या गरेपछि खडा भएको गृहकलह आठ ब्राह्मणको निर्णयले शान्तिमा परिणत भयो । मिगार बुद्ध र भिक्षुलाई देखेपनि पाप लाग्छ भन्थे तर दश नियमको व्यवहारिक पक्ष अध्ययन गरेपछि विशाखाले तथागतलाई घरमा नै बोलाएर धर्मद्रेष्णा सुन्ने अनुमति पाइन् ।

मिगारले पर्दामा छलिएर बुद्धको प्रवचन सुने । दान र शीलको प्रवचनले उनलाई ठूलो प्रभाव परेछ । पर्दा हटाएर तथागतको चरणमा परेर माफ माग्दै अपराध क्षमा गर्दिनोस भने । भगवानको दर्शन र अमृतोपदेश सुन्न पाउनुको कारणले विशाखा माता समान छन् भने । त्यसपछि उनी मिगार–माता विशाखा नामले चर्चित भइन् । मिगारले भिक्षुसंघ निवासका लागि पूर्वाराम नामक भवन पनि बनाए । गौतम बुद्ध समकालिन धर्म साधिका शिद्ध सच्चरित्रा नारीमा विशाखा चर्चित भइन् ।

मण्डपदायिका

आज भोलिको मुजफ्फरपुर क्षेत्र प्राचीनकालमा वैशाली नामले चिनिन्थ्यो त्यहिँकी कुनै एक धन सम्पन्न युवककी पत्नी ९नवयुवती० ले आफ्नो गाउँमै एकपटक भगवान गौतमबुद्धको धर्मद्रेष्णा सुन्ने मौका पाइछन् । जसले गर्दा उनको बुद्धधर्मप्रति आगाध श्रद्धा बढ्यो र भगवानकी शिष्या बनिन् । घरमा नै बसेर धार्मिक अनुष्ठान गर्न लागिन् ।

एक दिन महाप्रजापति गौतमी धर्मप्रचारार्थ भिक्षुणी संघका सदस्यहरूका साथमा वैशाली पुगिन् । उनले नारीहरूको समाजमा धार्मिक उपदेश दिइन् । राजमाता प्रजापतिको धार्मिक आचरण देख्दा उनलाई स्वयम् भिक्षुणी हुने प्रवल इच्छा भयो । सौन्दर्य र विलाशिताका सम्पूर्ण सामाग्रीहरू आत्मादेखि त्याग गरेर आफ्नो मनोभाव पति सँग व्यक्त गरिन् ।

उनका पतिले पनि आन्तरिक चेष्टा अध्ययन गरे । सांसारिक आशक्ति र विषयवासना पूर्ण रूपेण हटेको थाहा पाए । महाप्रजापति गौतमी फर्किसकेपछि स्वयम् पतिले नै उनलाई लुम्बिनी लिएर आए । प्रमुख भिक्षुणी यशोधराको सान्निध्यमा भिक्षुणी धर्ममा दिक्षित गराए ।

महाप्रजापतिको धर्म शिक्षा अनुसार कठोर धर्मानुष्ठान गरेर अर्हत पद प्राप्त गरिन् । अरू धर्म साधना गरेर उनले उपसम्पदा प्राप्त गरेपछि भिक्षुणी सङ्घले उनलाई मण्डप दायिका नाम दिएको थियो । अन्ततः सिद्ध धर्मसाधिका हुनुको कारण अर्थात् ज्ञानवृद्ध भिक्षुणीको नाताले मण्डपदायिकालाई थेरीगाथामा स्थान प्राप्त भएको भनिएको छ ।

भद्राकापिला

कौशिक गोत्रीय कपिल ब्राह्मणकी छोरी भएर भद्राको जन्म भएको थियो । धन सम्पन्न परिवार भएको हुनाले उनको बाल्यवस्था सुखै सुखमा वितेको थियो । विवाह योग्य उमेर हुनासाथ कुनै कश्यप नामक ब्रह्मणसँग उनको विवाह भयो । कपिलकी छोरी भएकी हुनाले विवाह पश्चात् घर पक्षका मानिसले उनलाई भद्राकापिला भन्न थाले ।

भद्रा र कश्यपको रूप, गुण, शील, बुद्धि, विद्या सवै समान थियो । मिष्टभाषी, मिलनसार र जनसेवाको कारणले गाउँमा सवैका हाइहाइ थिए । प्रायः मानिसहरू उनीहरूलाई आदर्श दम्पत्तिको दृष्टिले हेर्थे ।

एक दिन गौतमबुद्ध कश्यप दम्पत्तिको गाउँमा आएर बुद्धधर्मको शिक्षा दिन थालेका थिएन । उनको अमृतोपदेशले शील एवम् सद्आचरणका मूर्ति कश्यपले पति परायणा स्नेहमूर्ति भद्राकापिलाको ख्यालै नगरी वुद्धधर्मको शरणागतिमा समाहित भए । सम्पूर्ण सम्पत्ति भद्रालाई सुम्पेर इच्छानुसार जीवन यापन गर्न आग्रह गरे ।

पति विनाको सुखसम्पत्ति र गृहस्त जीवन भद्राकापिलालाई फुटेको कौडी समान पनि थिएन । उनी पनि सांसारिक वैभव एवं विषय वासना त्यागेर भिक्षुणीहरूको संघमा संलग्न भइन् । पाँच वर्षसम्म भिक्षुणीहरूको सेवामा संलग्न भइन् । पाँचवर्ष पछि महाप्रजापतिबाट प्रव्रज्या ग्रहण गरेर धर्म साधनामा लागिन् ।

साधनाकै फलस्वरुप केही वर्ष भित्रै महाप्रजापतिको निर्वाण पछि यशोधराबाट उपसम्पदा अर्हत पद प्राप्त गरिन् । कश्यपले पनि महाकश्यपको पद पाएका थिए । भगवान वुद्धले मिथिला, मगध, कोशल, अवध राज्यहरूमा कश्यपलाई, कलि कपिलवस्तु नेपाल र ब्रहमावर्त क्षेत्रमा आनन्दलाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।

गौतम बुद्धको निर्वाण पछि महाकश्यपले राजगृहमा ५०० भन्दा बढी भिक्षु भेला गराएर नियमबद्ध बौद्ध शासनको हस्तलिखित ग्रन्थ प्रस्तुत गरेका थिए । यस अघि वुद्ध ग्रन्थहरू लेखिएका थिएनन् ।

भद्राकापिलालाई धर्म साधनाबाट पूर्वजन्मको स्मृति भएको थियो । सम्पूर्ण जीवन लोक कल्याणमा लगाएकी हुनाले बौद्ध युगकी प्रमुख सन्यासिनीमा उनको गणना भएको थियो । कश्यप र भद्रा दुवैले त्रयीविद्या प्राप्त गरेका थिए । यिनका केही सूक्तिहरू थेरीगाथामा पनि पाइन्छन् भनिन्छ ।

राजरानी खेमा

मद्र नरेशकी पुत्री राजकुमारी खेमा अति नै रूपवती थिइन् । उनको रूप र लावण्यताको प्रसंशा सुनेर नतड्पने राजकुमारहरू कमै थिए । अन्ततः उनको विवाह कोशल नरेश१ विम्वसारसँग भएको थियो । महाभिनिष्क्रमण ब्रत लिएर राजगृह पुगेका समय सिद्धार्थलाई राजा विम्बसारले कपिलवस्तु फर्काउन ठूलो प्रयाश गरेका थिए ।

सिद्धार्थले कोलिया नरेश मावली बाजे महासुप्रबुद्धले उपनयनमा दिएको उपाधी “गौतमबुद्ध” लाई साकार रूप दिएर दुःखरूपी संसारबाट मुक्ति हुने उपाय प्राप्त नगरी नफर्कने विश्वास दिलाए । आफ्नो बचन नमाने पछि राजा विम्बसारले पनि “भवबन्धन” मुक्तिको उपाए प्राप्त गरेपछि प्रथम आतिथ्य ग्रहण गर्न कोशल नरेशकै राजप्रसादमा आउने सर्त गराएर छोडेका थिए । बद्धत्व प्राप्त गरेपछि सर्वप्रथम गौतमबुद्ध विम्बसारको आतिथ्य ग्रहण गर्न पुगे । बुद्ध धर्ममा पञ्चभद्धिय वर्ग र उरुवेलाका जटी पछिका प्रथम श्रावक पनि राजा विम्बसार नै भएका थिए ।

कोलियाले बुद्धधर्मलाई राष्ट्रिय धर्मको मान्यता दिए पनि कपिलवस्तुले राजकीय सम्मान र सुरक्षा साथ भिक्षुणी संघको प्रवन्ध मात्र मिलायो । गौतमबुद्ध मगध, वैशाली र उत्तर कोशल राज्यहरूमा धार्मिक प्रचार प्रसारमा पूर्णरूपेण सफल भएका थिए । विशेष गरेर पिडित एवं धार्मिक हजारौं नारीहरू भगवान बुद्धसँग दिक्षित भएर लुम्बिनी भिक्षुणी संघमा आएर धर्मसाधना गर्थे । संघकी अध्यक्षा यशोधरा लौहकवच अर्थात भिक्षुणीहरूकी योग्य संरक्षिका थिइन् ।

कोशल राज महिषी खेमाले राजप्रसाद मै बसेर भगवान् गौतम, यशोधरा र महाप्रजापति समेतको राम्रो जानकारी प्राप्त गरेकी थिइन् । उनलाई तथागतको धर्मदे्रष्णा सुन्ने इच्छा पनि थियो । भगवान् रूप लावण्यता र सृङ्गारलाई तपस्वीहरूको वाधक भन्नु हुन्थ्यो । उनीमा जीवनको महत्त्वपूर्ण पक्ष रूप, लावण्यता, सृङ्गार र विलासिता हो भन्ने घमण्ड थियो । राजा विम्वसार भगवान् बुद्धका परम्भक्त भएर पनि रानीलाई आफू अनुकुल बनाउन नसक्ता चिन्तित थिए ।

केही समय गौतमबुद्ध शिष्य मण्डली सहित कोशलेशको वेणुवनमा बस्नु भएको थियो । वहाँको त्यो वसाइले पूरै उत्तर कोशललाई नै बुद्धमय बनाएको थियो । बुद्धको धर्मद्रेष्णा सुन्न रानीलाई वेणुवन जान राजाले धेरै आग्रह गरे तर उनले आलटाल गरेरै टारेकी थिइन् । विम्वसारका इसारामा भाटले सङ्गितको माध्यमबाट वेणुवनको बखान सुनाएपछि एकदिन उनी आतुर भएर वेणुबनको दृश्य हेर्न गइन् ।

फर्कंदा उनको दृष्टि वेणुवन बुद्धविहारमा प¥यो जहाँ भगवान वुद्धले धर्मशिक्षा दिइ रहनुभएको थियो । भगवानलाई राजारानी खेमाको आन्तरिक धारणा थाहा थियो । वहाँले अन्तर्निहित स्व शक्तिबाट रानी खेमाले मात्र देख्ने गरी दुई सुन्दरी आप्सराले आफ्नो दायाँबायाँ उभिएर पङ्खा हम्कीरहेको दृश्य देखाई दिनुभयो । जस्को रूप लावण्यता र सृङ्गार रानी खेमाभन्दा धेरै स्तरीय थियो ।

एकै पटकको अप्रत्यासित दर्शनले रानी खेमाको घमण्ड चुर भयो । उनी शरणागतिमा गइन् र वुद्धको शिष्या भएर धर्म साधनामा लागिन् । हिजो सम्म सांसारिक सुखको लालसा बोकेकी खेमा छोटो समयमै वैराग्य मार्ग लिएर प्रव्रज्या भइन् । उनका गुणको कदर गरेर भगवानले उनलाई प्रजावतिको संज्ञा दिनुभयो । भिक्षुणी सङ्घमा उच्चस्थान प्राप्त गराएर थेरीगाथामा आफ्ना सूक्ति थपिन पुगे । महाप्रजापतिको निर्वाण पछि उनको कार्यभार पनि यिनैले सम्हालेकी थिइन् ।

अम्वपाली

प्राचीन कालमा प्रायः राज्यहरूमा खुलेर वेश्या वृत्ति गर्नेहरूलाई छुट दिएको पाइन्छ । वैशाली सहरमा पनि राज्यबाट मान्यता प्राप्त रूपलावण्यता प्राप्त गौतमबुद्ध समकालिन अम्वपाली नाम गरेकी एउटी धन सम्पन्न वेश्या (गणिका) भएको इतिहास छ । भगवान् गौतमबुद्ध धर्मप्रचार अभियानमा जाँदा गाउँ शहरमा वस्नुहुन्नथ्यो ।

मगध नरेशको जेतवन, कोशल नरेशको वेणुवन र अम्बपाली गणिकाको आम्रवन (आँप बगैंचा) जस्ता ठाउँहरूमा बसेर धार्मिक शिक्षा प्रदान गर्नु भएको पाइन्छ । भगवान बुद्ध आफ्नो आँप बगैंचामा सैयौँ शिश्य सहित बस्नुभएको सुनेर स्वयं अम्वपाली दर्शनार्थ जाँदै थिइन् । उनीलाई परै देखेर भन्नु भयो रूप लावण्य र वस्त्र आभुषणमा मोहित भएर यिनलाई पाउन अनेक धन कुवेर र राजकुमारहरू तँछाड मछाड् गर्छन् ।

यता स्वयंलाई नारकीयताका वर्षहरू थपिंदै जान्छन् । तसर्थ यिनले आफुमा भएको शान्ति र धैर्यता परमार्थ साधनामा लगाइन भने नारकीय घेराबाट मुक्त हुन्छिन् । कश्यप र आनन्द भगवानको वाणि सुन्दैथिए अम्बपाली नजिकै आएर गौतमबुद्धलाई साष्टङ्गदण्डवत भएर प्रणाम गरिन् र बसिन् ।

भगवानले सोध्नुभयो “वाहिर जति सुन्दर लावण्यता भए पनि भित्र रगत भरिएको मांश पिण्डको शरीर हो । यसलाई विषयानन्द र परमानन्द मध्य कुन बाटो हिँडाउनु राम्रो हुन्छ रु” भगवानको बचन सकिनासाथ उनले भनिन् “प्रभू १ यो सबै देश काल र परिवेशको उपज हो, विषयानन्दहरूबाट मुक्त हुन नै शरणमा आएकी छु । मेरो चाहना त परमानन्द कै हो ।”

अम्बपालि जस्ति चर्चित गणिका पनि दिक्षित भइन् । अम्वपालिले गौतमबुद्ध र सम्पूर्ण भिक्षुहरूलाई आतिथ्य ग्रहण गर्न निम्ता दिइन् । भगवानले “मौनम संमति लक्ष्णम”बाट स्वीकार्नु भयो । वैशालीका धनिमानिहरूले पनि वहालाई निम्ता दिए स्वीकार्नु भएन ।

किनकि अम्बपालीको निमन्त्रणा पहिलो थियो । म जस्ती गणिकाको घरमा मगवान बुद्धले भोजन गर्नुभयो भने अर्को परमार्थ के नै छ भनेर आम्रवनमा सम्पूर्ण सम्पत्ति खर्च गरेर भिक्षु–भिक्षुणीका छुट्टा छुट्टै समारोह गर्न पुग्ने गरी बुद्ध विहार निर्माण गराएर धर्म साधनामा लागेर दीन–हीन दुःखीहरूको सेवा गरेर गणिकाबाट उत्कृष्ट समाज सेवी भइन् ।

सुजाता (कुलवधू)

एउटै दिदी–वहिनी भनेर पनि न हुने । विशाखाले स्व नियमबाट मिगार–माताको नामले सम्मान पाइन् भने बहिनी सुजाता (अनाथपिण्डद्की बुहारी) दिनहँ घरमा उदण्डता मचाउँथिन् । धनञ्जय सेठकी छोरी हुनाले उनलाई ठूलो घमण्ड थियो । न उनी आफ्नो पतिलाई टेर्थिन् न अरूको कुरा नै सुन्थिन् । एक दिन भगवान् बुद्ध अनाथ पिण्डदको घरमा आउनुभएको थियो । वहाँलाई सम्मान साथ भित्र बसाएको मात्रै के थियो भान्सा कक्षमा कोलाहल मच्चियो ।

स्वयम् भगवानले नै सोध्नु भयो र उनले सबै भने । गौतम बुद्धले धनञ्जय सेठलाई पनि राम्रै सँग चिन्नु भएको थियो । वहाँले सुजातालाई बोलाउनु भयो । नारीमा विक्षिप्त रहने गुण मातृ, आर्य, वधिक, चोर, भगिनी, सखी, दाशी सात मध्य कुनलाई व्यवहारमा ल्याएर घर चलाउँछ्यौ भनेर सोध्नु भयो ।

पहिले उनलै कुरै बुझिनन् र अकमक्क परिन् । पछि विस्तृत व्याख्या सुनेपछि उनी सिताङ्ग भइन् । आफ्नो स्वभावमा पूरै परिवर्तन गर्नुपर्ने सम्झिन् र भनिन् माया–ममतामा मातृ र सेवामा दासी । त्यसदिन देखि सुजाताले वोलि र व्यवहारमा पूर्णरूपेण परिवर्तन गरिन् । नरकाभिमुख हुनालागेको अनाथपिण्डद्को घर असन्तोष र आक्रान्तबाट मुक्त भएर पुनः स्वर्गसमान् भयो ।

उत्पलवर्णाः

गौतम बुद्धको धर्मप्रचार अभियानको समयमा अनेक त्याग मूर्तिहरूले जन्म लिएका थिए । तिनीहरू मध्य उत्पलवर्णा एक विसिष्ठ नारीको पङ्क्तिमा देखिएकी छन् । यिनी एक धनवान वैश्यकी छोरी हुन् । यिनको रूप र लावण्यतामा नीलमणिको तेज प्रकाशित भए जस्तो देखिन्थ्यो त्यसैले यिनको नाम पनि उत्पलवर्णा राखे । जति बढ्दै गइन् त्यतिनै यी सर्वाङ्ग सुन्दरीको चर्चा फैलँदै गयो ।

जताततैबाट राजकुमारहरू र धनिमानिका छोराहरू उत्पलवर्णासँग विहे गर्न चिठि खबर पठाउन थाले । उसको रूप उसकै लागि शत्रु हुने हो कि भनेर वैश्य निकै चिन्तित भए । उत्पलवर्णा प्रति युवकहरूको धारणा विचार गर्दा विवाह गरेर पठाइहाल्दा पनि एक अर्काले दागा धर्ने सम्भावनाहरू अधिक थिए । तसर्थ छोरीका बाबुले चिन्ता लिनु स्वभाविकै थियो ।

आफ्नै कारणले चिन्ता परेको हो भन्ने कुरा उत्पलवर्णाले बुझेकी थिइन् । एकदिन उनले पीताश्री सँग चिन्ता लिनु भन्दा सरल उपाए खोज्नु पर्छ भन्ने धारणा राखिन् । छोरीको धैर्य पूर्ण धारणा देख्दा उनको छातिमा भक्कानु प¥यो आँखाभरि आँसु गराएर भने “सांसारिक सुख त्यागेर मात्र पिपासुहरूको गृद्धदृष्टिबाट मुक्त हुने सम्भावना देखिन्छ ।”

आफ्नो सौन्दर्यता आफैंले शत्रु महसुस गरीसकेकी उत्पलवर्णाले पिताको भनाई सहश्र स्वीकार गरिन् । भोलिपल्टै लुम्बिनी आएर भिक्षुणी सङ्घमा शरण लिइन् । प्रमुख भिक्षुणी सङ्घसंरक्षिका यशोधराको सान्निध्यमा महाप्रजापतिबाट उत्पलवर्णाले प्रव्रज्या ग्रहण गरिन् र धर्म साधनामा संलग्न भइन् । उत्पलवर्णाले ध्यान, धारणा र योगको प्रभावबाट सिद्धि प्राप्त गरिन् । उनी कुनैपनि परिस्थितिमा धार्मिक मार्गबाट विचलित भइनन् । थेरी गाथाको माध्यमबाट भविष्यका युवतीहरूलाई पनि शिक्षा दिन सफल् भइन् ।

ब्रह्मदत्ता:

गौतमबुद्धले निर्वाण प्राप्त गरिसक्नुभएको थियो । कतिपय बुद्ध धर्मावलम्बीहरूमा धार्मिक विचलन आउँछ कि भन्ने आशंका पनि थियो । अधिकांश महाराजा र विसिष्ठ पण्डितहरू समेत बुद्ध धर्ममा दिक्षित भैसकेका हुनाले बुद्ध धर्ममा कुनै नराम्रो प्रभाव पर्न सकेको थिएन । निर्वाण नहुँदै भगवान तथागतले पूर्व–दक्षिणमा कश्यप र पश्चिम–उत्तरको नेतृत्व आनन्दलाई दिइसक्नु भएको हुनाले नेतृत्वको लागि पनि विवाद थिएन ।

सनातन धर्म र धर्मशास्त्रको खानी भनिएको राज्यमा स्वयम् कासि नरेश नै बुद्धधर्ममा दिक्षित थिए उनकी रूपगुण सम्पना ब्रह्मदत्ता नाम गरेकी छोरी थिइन् । उनको रूप गुण र शील–स्वभावको प्रशंसा सुनेर देश–विदेशका राजकुमारहरू उनिसँग विवाह गर्न आतुर थिए । यता ब्रह्मदत्ता किशोरी अवस्था देखिनै योग साधना गरेर ब्रह्मचर्यब्रतमा लागिसकेकी थिइन् । उनलाई सुख–सम्पत्ति र राजसी वैभवको कुनै वास्तै थिएन । बुद्ध धर्मका नियम र तत्व चिन्तनमा समय वितेको पत्तै हुँदैन थियो ।

एक दिन सिद्ध तपस्वी भिक्षु कश्यप केही दिन बाराणसी स्थित ऋषिपत्तन विहारमा बस्ने गरी शिष्यहरू सहित आए । तथागतका उत्तराधिकारी स्वयं ऋषिपत्तन आएको समाचारले हर्षविभोर भएकी ब्रह्मदत्ता वहिँ गएर बुद्धधर्ममा दिक्षित भइन् । प्रव्रज्या ग्रहण गरेकी राजकुमारीले गुरुको आज्ञा अनुसार ऋषि पत्तन विहारमा नै तपस्या गर्न थालिन् ।

ब्रह्मदत्तासँग वासनात्मक प्रेम गर्न चाहने राजकुमारहरूले उनको तपश्चर्या नष्ट गराउन अनेक प्रयास गरे । उनको संयममा अलिकति पनि प्रभाव पार्न सकेनन् । दुष्कर्मीहरूले दुष्चक्र रच्दा रच्दै राजकुमारीले अष्टसिद्धि१ मध्यका केही सिद्धि प्राप्त गरी सकेकी थिइन् । केही दुष्ट राजकुमारहरू राजकुमारीलाई अपहरण गर्ने उद्देश्यले शक्ति सन्तुलन गरेर आश्रममा भित्र पसे । उनिहरूले त्यहाँ राजकुमारीलाई देखेनन् । आश्रमबाट बाहिर निक्लँदा राजकुमारीलाई खुला आकाशमा निराधार ध्यानमग्न देखे । उनको अलौकिक शक्ति देखेर सबै राजकुमारहरू नतमस्तक भए । २/३ जना डर र लाज बोकेर घरफर्के भने कोही ब्रह्मदत्तासँग क्षमा मागेर प्रमूख भिक्षु कश्यपबाट प्रब्रज्या लिएर भिक्षुशील आचरणमा रही धर्म साधनामा लागे ।

ब्रह्मदत्ताको अलौकिक सिद्धिको समाचार लज्जित राजकुमारहरूले नै मुक्तकण्ठबाट जताततै फैलाए । कतिपय युवतीहरू सुख सम्पत्तिमा आधारित भोग विलासभन्दा धर्मसाधना नै ठूलो हो भनेर ब्रह्मदत्ताको स्मरण गर्दै भिक्षुणी सङ्घ लुम्बिनी आएर प्रव्रज्या लिई धर्म साधनामा लागे । सबै उच्च पदस्थ भिक्षुणीहरूको मन जित्न सफल भएकी ब्रह्मदत्तालाई सबैको सहभागितामा वृद्ध भै सकेकी यशोधराको उत्तराधिकारी घोषणा गरेर लुम्बिनी मै वैकल्पिक संरक्षिकाको पदमा आसिन गराए ।

कपिलवस्तुबाट गौतमबुद्ध फर्केपछि सरासर पुनः उरुवेला पुगेर भिक्षुहरूलाई प्रव्रज्या सम्बन्धि नियमहरूको शिक्षा दिएका थिए । स्वयम् भिक्षु आचरण पालन गरेर एकपछि अर्को हुँदै मगध, कोशल र कासीका गाउँहरूमा इच्छुकहरूलाई धर्मद्रेशणा को माध्यमबाट बुद्धधर्मको प्रचार गर्थे । यस क्रममा धनी गरिब, युवा युवती, बृद्धबृद्धा, पीडित विभिन्न किसिमका मानिसहरूले भगवान बुद्धको भिक्षुसंघमा शरण लिएका थिए । भिक्षु सङ्घमा शरण लिने युवतीहरूलाई लुम्बिनी भिक्षुणी सङ्घमा धर्मद्रेशणाको पालना गर्ने आज्ञा दिएर पठाएका थिए ।

धर्म साधना र सिद्धिबाट भिक्षुणी सङ्घमा सबैको मन जित्न सफल भएको केही उत्कृष्ट लब्ध प्रतिष्ठा भिक्षुणीहरू बाटै योग्यता अनुसार वेणुवन, ऋषिपत्तन, उरुवेला, महावन, काँक्रेबिहार, स्वयम्भू बौद्धविहार आदि विहारहरूमा नेतृत्व गराउने प्रबन्ध प्रमुख भिक्षुणी यशोधराले मिलाएकी थिइन् । विहार स्थानान्तरण र अनुगमनको पनि व्यवस्था थियो । संरक्षिका, उपसंरक्षिका र केही अनुशासिकाहरू लुम्बिनी बुद्धविहार भिक्षुणी सङ्घमा प्रायः रहन्थे । “सत्यम शिवं सुन्दरम्”


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!