व्यापारिक समुहका अगुवाबाट दल खरिदबिक्री(लघुकथा१)

- June 17, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

अर्थविद् डा.चन्द्रमणि अधिकारी

श्रेष्ठी शम्सेर प्रसाद खान चौधरी मुक्तान नेपलका नामुद व्यापारी हुन् । उनको नाम जति लामो छ, व्यवसाय पनि त्यति नै लामो हात भएको र सत्ताको भित्र पस्ने चरित्रको छ । उनको कम्पनीको नाम दल खरीद बिक्री केन्द्र हो । उनी कहिले कुन दलमा हुन्छन् कहिले कुन दलमा । देशमा उनी एकला त्यस्तो व्यापारी चैँ होइनन्, यस्ता व्यापरीको संख्या झन्डै एक दर्जन जति भएपनि उनी त्यो व्यापारिक समुहका अगुवा भने हुन् ।

उनी विभिन्न दलमा देखिए पनि दलले उनलाई खरिद गरेको होइन, बरु उनी चैँ दल खरिद गर्छन, त्यसैले उनी कहिले दाहिने तर्फको दलमा देखिन्छन, कहिले बाँयाँ तर्फको दलमा अनि कहिले बीचको दलमा तर जुन दलमा देखिए पनि उनी अन्य दलमा चारो छरेर बैना गरी राख्न बिर्सन्नन् ।

त्यसैले पनि उनी दल छोडेर दालको व्यापार गर्नेलाई टेर्दैनन् । एक दिनको कुरा हो, कुनै दलका मुखियाबाट बोलाहट भएकाले म मुखियाएको महलमा पुगेर आफ्नो भेटको पालोका लागि प्रतिक्षारत थिएँ । त्यहाँ मुखियाकै दलका घगडान नेता पनि भेटको लागि प्रतिक्षामा थिए । त्यतिकैमा यी दल व्यापारी त्यहाँ पुगे, मोटरबाट ओर्ले ढोकामा पुग्दा नपुग्दै मुखियाका मुख्य सचिवले उनलाइ सिधै मुखियाको भेट कक्षमा पु¥याए ।

अर्थबीद् डा. अधिकारीसंग अर्थतन्त्रको बारेमा कुरा गर्नेक्रममा उहाँकै निवासमा

उनले बाहिर प्रतिक्षा नै गर्नु परेन । यो देखेर म छक्क परें, ठुला मान्छे त यी पो रहेछन भन्ने लाग्यो । मलाई मुखिया स्वयंले बोलाएर आउँदा पनि घन्टौँ कुर्नु पर्ने, उनलाई भने मोटरबाट ओर्लना साथ स्कर्टिङ्ग गरेर कक्षमा पु¥याइने । त्यस पछि मलाई मुखियालाई भेट्ने भन्दा पनि ती खरिद बिक्री केन्द्रका मालिकलाई भेट्ने इच्छा तिब्र भयो ।

त्यसैले ती महान व्यक्तिले मुखियासँगको कुरा सकेर निस्के पछि म पनि उनको पछि लागें । कपड़ा व्यापारीको रुपमा उनलाई अलि अलि पहिले देखि चिनजान भएकाले मैले सोंधे, होइन आजभोली कपडा व्यापार छोडेर कता लाग्नु भो ? मैदा व्यापारमा कि मसिनको व्यापारमा ? उनले भने तपाईं बुझनु हुन्न, तपाईं ज्ञान उत्पादन गर्नेलाई दल तथा दलका बाई प्रोडक्ट नीति एवं नियुक्तीको व्यापार बारे के थाहा ?

अहिलेमा दल खरिद बिक्रीमा लागेको छ । ल छोडनुस अहिले, पछि कुरा गरौंला, अहिले मलाई अर्को दल खरिद गर्न जानु छ, बैना हाली सकेको छु, ल नमस्कार बाई भनेर हिंडें ? अनि म मेरो देशमा मौलाएको व्यापारलाई संम्झेर दंगदास हुँदै ट्वाल्ल परेर उनी गएको बाटोतर्फ आखाँ तानेर बसें ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!