राजश्व दर परिवर्तनमा गद्दारी र राष्ट्रघात भए जिम्मेवारी म लिन्छु : अर्थमन्त्री शर्मा

- June 16, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दर परिवर्तन प्रक्रिया अनुसार नै गरिएको बताउदै आफ्नो बचाउ गर्दै आएका छन् । उनले सचिवहरू र विभागीय प्रमुखको समितिले नै राजश्वका दर तय गरिएका बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले अर्थमन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले उक्त जवाफ दिएका हुन् ।

राजश्वको दरहरू परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रक्रिया छन् । प्रक्रियाका कुरा अस्ति पनि बताएको थिए । त्यसमा सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर गर्ने प्रचलन रहेको छ । त्योअनुसार भएका दररेटप्रति म पूर्ण जिम्मेवार छु । जवाफदेही छु ।

त्यसमा कतै राष्ट्रघात भएको छ, कतै गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन तयार छु, उनले थपे, यहाँनेर कुनै राष्ट्रघात भएको छैन । देशको डलरको सञ्चितिलाई आयातलाई ध्यान दिएर हामीले उत्पादनलाई ध्यान दिएर औद्योगिक क्षेत्रलाई ध्यान दिएर नै दरहरू परिवर्तन भएको स्पष्ट गर्न चाहन्छु । अर्थमन्त्री जवाफ दिन रोष्ट्रममा पुगेपछि प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरिरहेको छ । एमालेले सदन बहिष्कार गर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!