सरकारले अटो मोबाइल व्यवसायीलाई उपेक्षा ग¥यो (भिडियो सहित)

- April 21, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले पछिल्लो समयमा गाडी आयातमा गरेको बन्दको विरोधमा अटो मोबाइल एशोसिएशन (नाडा) ले विरोध गरेको छ । नाडाका अध्यक्ष धु्रव थापाले कुनै पनि बस्तुको आयात रोक्ने वा खुलाउने लगायत अन्य विषयमा निर्णय गर्नअघि सम्बन्धित निकायसंग छलफल गर्नु पर्नेमा त्यसो नगरि एकतर्फी निर्णय गरेको भन्दै विरोध गरेका छन् ।

अध्यक्ष थापाका अनुसार विदेशी सञ्चिती घट्दै गएको भन्दै राष्ट्र बैंकले गाडी आयात रोक्ने विषयमा छलफल नै नगरि आम व्यवसायीमाथी उपेक्षा गरेसंगै लगानी समेत ढुव्न गएको बताएका छन् । उनले भने,‘सरकारले विना जानकारी एकाएक आयात बन्द गर्नु न्यायोचित नभएको र हामीलाई सरकारले उपेक्षा गरेको ठहर भएको छ, यसबाट देशको अर्थतन्त्रमा ठूलो असर अब पर्ने छ ।’

हेर्नुहोस भिडियो :-


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!