भृकुटीमण्डप मेलामा गुणस्तहिन जुत्ताचप्पलः सरकारी निकाय मौन, उपभोक्ता ठगीमा

- December 24, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । स्वदेशी उत्पादन भन्दै गुणस्तहिन जुत्ताचप्पलको आयात गरेर उपभोक्ता ठगी गर्नमा पछिल्लो समयमा विभिन्न जुत्ता व्यपसायीहरुमा तीब्र प्रतिस्पर्धानै चलेको छ । एकातर्फ गुणस्तहिन जुत्ताचप्पलको भ्रामक विज्ञापन गरेर उपभोक्तामाथी ठगीधन्दा चलाउदै आएका केही जूत्ता व्यापारीहरुले बाह्रै महिना मेलाको नाममा समेत ठगी गरि रहदाँ सरकारी निकाय भने मौन बसेको छ ।

सुरुदेखिनै नेपाली उत्पादनको लोगो झुण्डाएर चिनीयाँ सस्तो र गुणस्तहिन जुत्ताचप्पल बिक्री वितरण गर्दै आएका केही कम्पनी सञ्चालकहरुकै संयोजनमा जुत्तामेला सञ्चालन गरेको आरोप लागेको छ । सुरुदेखिनै चोरी पैठारी र न्यून विजिकरण गरि आयातित जुत्ताचप्पलको बिक्री गर्दै आएका भेराइटी, ब्लयुचिप, प्राइड, बोस, फुटस्टेप, बेम्बो, एस लेदर नामक ब्राण्ड रहेको भन्दै सरकारसंग विना अनुमति मेला सञ्चालन गरेको पाइएको छ ।

विद्यमान ऐन अनुसार कोही कसैले कुनै पनि प्रर्दशनी या मेला गर्ने भए सो मेला सञ्चालन गर्न पुर्व सरकारसंग आयोजकले अनुमति लिनु पर्ने व्यवस्था गरेको छ र अनुमति लिएपछि सवैले देख्ने स्थानमा अनुमती पत्र राख्नु पर्ने उल्लेख गरेको भएपनि सो व्यवस्था विपरित अहिले भृकुटी मण्डपमा जुत्ताचप्पल मेला सञ्चालन भै रहेको छ । राजधानी लगायत मुलुकको विभिन्न स्थानमा चीनियाँ सामानलाई नेपाली उत्पादन भन्दै लामो समयदेखि बिक्री वितरण हुदै आएको भएपनि सम्बन्धित निकायको अनुगनम नगर्दा उपभोक्ता ठगीमा पर्ने गरेका छन् ।

एकातर्फ उक्त कम्पनीले राजस्व र आयकरमा समेत छली गदै आएको पाईएको छ । पछिल्लो समयमा नेपाली उत्पादन भन्दै तयारी पोशाक र जुत्ता, चप्चलहरुमा व्यापारीले ठगी गर्दै आएका छन । विद्यमान ऐनलाई समेत बेवास्ता गर्दै मेला महोत्सवको नाममा व्यवसायीहरुबाट कर छली गरिदैआएको छ । एकातर्फ नेपाली उत्पादनको नाम लिदै उपभोक्तामाथी ठगीधन्दा चलाउदै आएकाछन् भने अर्कोतर्फ सरकारलाई बुझाउनु पर्ने आयकर, भ्याट, राजस्व समेत छली गर्दै गुणस्तहिन जुत्ताचप्पलहरु खुला रुपमा बिक्री हुदै आएको पाईएको छ ।

राजधानीको भृकुटीमण्डपको खाली चौरमा बाह्रमासे मेला लाग्ने गरेको छ । विभिन्न जुत्ताचप्पल कम्पनीको नाममा हुदै आएको व्यापार मेलाबाट दैनिक रुपमा लाखौ रुपैयाँ कर छली हुदाँ समेत सम्बन्धित निकायको ध्यान नपुग्दा राजस्व छली कार्यमा बृद्धि हुदै गएको छ । सरकारी निकायबाट विना इजाजत हुने मेला महोत्सवबाट ठूलो मात्रामा कर छली हुदै आएपनि सम्बन्धित निकायबाट सो नियन्त्रण गर्नेतर्फ समेत ध्यान दिएको पाइएको छैन ।

भृकुटीमण्डपमा जारी मेलाबाट करोडौं रुपैयाँ कर छली भएको छ भने आफु खुशी मुल्य राखी गुणस्तरहिन सामाग्री बिक्री समेत हुदै आएको छ । मुल्य अभिबृद्धि कर (भ्याट) को दफा १० को ‘क’ विपरित हाल भृकुटीमण्डपमा मेला महोत्सब हुदै आएको छ । प्रचलित कानुन अनुसार कुनै संस्था बा कम्पनीले मेला तथा महोत्सवको आयोजना गर्दा भ्याटको दफा १० को ‘क’ अनुसार योग्य बस्तुहरूको प्रदर्शनी तथा मेला गर्दा कर कार्यालयबाट अस्थायी भ्याट प्रमाणपत्र लिई स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

तर मेला आयोजकले त्यो स्वीकृति नलिई मेला गर्दै आएका छन् । भ्याटको व्यवस्थाअनुसार कुनै पनि मेला तथा प्रदर्शनी भएको सात दिनभित्रमा कारोबारको विवरण पेस गरी सम्पूर्ण कर दाखिला गरी अस्थायी दर्ता खारेज गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कुनै पनि मेला आयोजक संस्थाले भ्याटको पालना नगरेको पाईएको छैन । चीनबाट गुणस्तहिन जुत्ता आयात गरी कोरियन, थाईल्याण्ड, नायक, एडिडासजस्ता ब्राण्डेड जुत्ताचप्पलको लोगो टाँसेर अत्याधिक मंहगोमा बिक्री गर्दै आएका व्यापारी हुन ।

चिन र भारतमा उत्पादन भएका जुत्ताचप्पललाई नेपालका प्रख्यात ब्राण्ड भन्दै बिक्री हुदै आएको नक्कली ब्राण्ड जुत्ताहरु अहिले पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुज नाम गरेका कम्पनीबाट बिक्री हुदै आएको छ । देशमा महोत्सव तथा मेलाबाट ठूलो मात्रामा कर छली गरेको खुलासा हुदै आएपनि सम्बन्धित निकायबाट कारवाही नगर्दा झन फैलिदै गएको छ ।

उपभोक्ता र सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिनेभन्दै विभिन्न समूहबाट गरिने महोत्सव र मेलामा बिक्री गरिएका वस्तुको कर सरकारलाई नबुझाई छली गर्ने गरेको खुलासा भएको हो । सो मेलामा नेपालमै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय जुत्ता चप्पल सुपथ मूल्यमा पाउने भन्दै भ्रामक विज्ञापन समेत गरिदै आएको छ भने केही अनलाईलमा भ्रामक समाचार लेखाई ‘बुस्ट’ समेत गरेर उपभोक्ता ठगी गरिदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!