वडाध्यक्ष खड्काको लुटको थप खुलासा : एकाघरको समिति बनाउँदै कमिशन अशुली

- November 25, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मातातिर्थका वडाध्यक्ष सन्तोष खड्काको अबैध लुटको थप लिखित प्रमाणहरु तीव्रखबरमा प्राप्त हुने जारी छ, सोही क्रममा एकाघरका व्यक्तीहरु पदाधिकारी खडा गरी उपभोक्ता समिति बनाउँदै कमिशन लिन तल्लिन रहेको खुल्न आएको छ ।

खड्काले एकाघरको सदस्यलाई समेटेर बनाएको उपभोक्ता समितिमार्फत कमिशन लिँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार खड्काले भुसुङखेलदेखि ढाक्सीसम्म बाटो मर्मत सुधार तथा निर्माणका लागि गठन गरेको उपभोक्ता समितिमा एकाघरकै सदस्य समेटेर कमिसन अशुल्न विशेष भुमीका खेलेको आरोप लगाएका छन् ।

सो बाटो निर्माण समितिमा जगदीश रिमालको अध्यक्षतामा समिति गठन गरेको छ । सो समितिमा जगदीशकै श्रीमती अनिता पौडेल, जगदीशको भाञ्जी अनु शिवाकोटी, जगदीशकै सहकारीमा काम गर्ने कर्मचारी अनिष पन्त, लक्ष्मी राना अधिकारीलाई समितिमा राखेर सो योजना निर्माणको जिम्मेवारी दिएको आरोप लागेको छ ।

विद्यमान ऐन अनुसार कुनै पनि सार्वजनिक काम गर्दा उपभोक्ता समिति गठन गर्नु पर्छ तर सो समितिमा एकाघरको सदस्य बस्न पाईदैन । तर, अध्यक्ष खड्काकै योजनामा सो ऐन विपरितको समिति बनाई मोटो कमिशन लिई समितिलाई स्वीकृत दिएको आरोप समेत उनीमाथी लागेको छ ।

अध्यक्ष खड्काकै व्यवसायी पार्टनर राजेश श्रेष्ठ मार्फत बाटो मर्मत निर्माणका नाममा रकम विनियोजन गराई कमिशन असुली गर्दै आएको समेत आरोप उनीमाथी लागेको छ । सोही समितिबाट लिएको कमिसनमध्ये ८ लाख रुपैयाँ यो गिरोहले डान्स रेष्टुरेण्टमा समेत लगानी गरेको बताइएको छ । यसैगरी, वडाध्यक्ष खड्काले ऐतिहासिक सम्पदा मासेरै अबैध प्लटिङसम्म पुग्ने बाटो निर्माण गर्न आफु निकट व्यक्तीलाई स्वीकृति समेत दिलाएका छन् ।

पानीको मुहान मासेर बाटो बढाईएको समेत अरोप स्थानीय बासिन्दाको रहेको छ । सो सम्बन्धमा पटक पटक अध्यक्ष खड्कासंग सम्र्पक गर्दा सवै प्रमाण लिएर म तीव्रखबरकै अफिसमा आउने छु, त्यही समयमा सवै कुरा भन्ने छु भन्दै फोन लाईन काटे । उनले प्रमाण लिएर अफिसमै आउने समय दिएपनि सो अबधिमा नआई विभिन्न बहाना बनाउनुले पनि उनको लुटधन्दाको हर्कतको पुष्टी भएको छ ।

यो पनि अध्ययन गर्नुभयो ?

चौतर्फी विवादपछि वडाध्यक्ष खड्काले गरे सार्वजनिक सुनुवाईको नौटंकी

वडाध्यक्ष खड्काको ‘भर्जिन’ कमाईः समाचार नलेख्न मिडियालाई धम्की

नियम विपरितको धन्दामा वडाध्यक्ष खड्का (भिडियो सहित)

चन्द्रागिरी नगरपालिकाको जग्गा प्लटिङ फण्डा : जग्गा दलाली र लेखापढी व्यवसायी नै वडाध्यक्ष भएपछि…

चन्द्रागिरी नगरपालिकामा बेबारिसे दमकल : चलाउने जनशक्तिनै छैन

चन्द्रागिरीमा जनप्रतिनिधिबाटै सरकारी जग्गा कब्जा : वडा अध्यक्षले नै बनाए खोलामाथी कम्प्लेक्स

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!