चन्द्रागिरी नगरपालिकामा बेबारिसे दमकल : चलाउने जनशक्तिनै छैन

- November 16, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले खरिद गरेको बारुण यन्त्र (दमकल) यति बेला बेबारिसे अबस्था रहेको छ । सो नगरपालिकाले खरिद गरेको दमकल चलाउने आबश्यक जनशक्ति नै तयार नगरि खरिद गरेसंगै बेबारिसे बन्न पुगेको छ । नगरपालिकाको भबनसंगै खुला स्थानमा विना संरक्षण राखिएको दमकलको अहिलेसम्म नम्बर प्लेट समेत राखिएको छैन भने, घामपानी र धुलोमैलोले खिया लाग्ने अबस्थामा पुगेको छ ।

नगररपालिकाले नेशनल फायरसेफ प्रालिबाट इ–टेण्डरमार्फत दमकल खरिद गरिएको जनाएको छ । नगरपालिकाका मेयर घनश्याम गिरीका अनुसार सो दमकल ६२ लाखभन्दा माथीको मुल्यमा खरिद गरेको बताए । यसैसम्बन्धमा सो नगरपालिकाको विपत्त शाखाकी प्रमुख भद्रा अर्यालले अहिले हामीसंग दकमल सञ्चालनमा ल्याउने कुनै पनि जनशक्ति नभएको र सो जनशक्ति नगरपालिकाले तयार गर्ने योजना रहेको बताईन ।

विना जनशक्ति हतारमा खरिद गरि खुला स्थानमा बेबारिसे अबस्थामा रहेको दमकल रातोघेराभित्र

मेयर गिरीले दमकल खरिदपछि नगरपालिकाले तयार गरेको कार्यविधि समेत अहिले पास नभएको अबस्थामा रहेको छ, हामी चाडैनै दमकल सञ्चालनमा ल्याउने छौ, नगरपालिकाले नसके सो दमकल प्रहरीलाई सञ्चालन गर्न दिने बताए । उनले भने,‘प्रहरीले दमकल सञ्चालनमात्र गर्ने हो,त्यसको मर्मतसम्भार र अन्य खर्च नगरपालिकाले नै गर्ने गर्ने तयारीमा रहेका छौ ।’

मेयर गिरीले सो भनिरहदाँ स्थानीय बासिन्दाले भने विना तयारी आबश्यक जनशक्तिनै नभएको अबस्थामा दमकल खरिद गरेर जनशिक्त तयार गर्न लाग्नुको अर्थनै कमिशनकैलागि खरिद गरेको अरोप लगाएका छन् ।

स्थानीय बासिन्दाले लगाएको आरोपका सम्बन्धमा मेयर गिरीले भने,‘स्थानीय बासिन्दाले के आरोप लगाए भन्ने तर्फभन्दापनि नगरपालिकाले भौतिक साधान जोडेको हो, यसमा कुनै कमिशनकालागि दमकल खरिद भने गरेको हैन, नगरपालिकामा दमकलको अबश्यक रहेकाले खरिद गरेका हौ ।’ यसरी विना पुर्वतयारी दमकलसंगै नगरपालिकाले यस्तै विभिन्न सामानको खरिद गरेसंगै पछिल्लो समयमा मेयर गिरी विवादमा पर्दै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!