दलिय पत्रकारबाटै स्वतन्त्र पत्रकारिताको बलत्कार !!!

- September 28, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
भनिन्छ पत्रकारिता समाजको ऐना । तर, यो भनाईलाई पछिल्लो पटक पत्रकारिता गर्नेहरुबाटै चिरहरण गरिदै आएको छ । देशमा खुला रुपमा हुने भ्रष्टाचार, अनियमितता, सार्वजनिक सम्पत्ती हड्प्नेदेखि कर छली गर्नेहरुको संरक्षणमा लागेका अधिकाशं पत्रकारहरुबाटै पत्रकारिताको धर्म र मर्ममा समेत बलत्कार हुन पुगेको छ । पत्रकार सधै सार्वजनिक व्यक्ती हुन्छ । उ कुनै दलको सदस्य हुनु हुदैन । सवैको सम्मान र गलत गरेमा खबरदारी गर्ने काम पत्रकारको हो । तर यहाँ भाषण गर्दा र चिया पसलमा स्वतन्त्र पत्रकारिताको हुँकार गर्ने नै दलको झोले भएर यस पवित्र कार्यलाई अपवित्र बनाउने काममा समेत खुलेर लाग्नेहरुने यो देशमा व्यवसायीक पत्रकार हुने गलत नजिर बस्दै गएको छ ।

दलको सदस्य लिएर पत्रकारिता गर्नेबाटै स्वतन्त्र पत्रकारिताको हनन हुन पुगेको छ । पत्रकारको परिचय पत्र छातिमा झुण्डाएर दलिय प्रचार र गलत गर्नेको संरक्षण गर्नेहरुनै पछिल्लो समयमा आएर सरकारी सम्मान र उच्च पदमा राजनीतिक नियुक्ति लिई पत्रकारितालाईनै विटुलो बनाउने काममा लागेको भेटिएको छ । जुन पत्रकारिताको धर्म र मर्म विपरित रहेको छ । यसैगरी दलका नेताको अघिपछि लाग्ने र उनीहरुबाट भएका भ्रष्टाचार, अनियमिततादेखि कर छली गरि अकुत सम्पत्ती आर्जन गरेकालाई जोगाउदै अन्यलाई तथानाम लेख्ने पत्रकार नै यो देशमा तथाकथित स्वधोषित बरिष्ठ पत्रकार भएका छन् ।

उनीहरुले व्यवसायीक पत्रकारहरुको टाउको देखाउदै सरकारको नेतृत्व गर्नेको दलमा आबद्ध भएका र अन्धभक्त भएर सरकारले गरेका सवै कार्यको समर्थन गरे वापत उनीहरुलार्ई नै सम्मान र पदक भिराउने कार्य हुदै आएको छ । यही प्रकृया गत महिना पनिे देखियो । जहाँ पत्रकारिताभन्दा पनि दलको केन्द्रीय सदस्यदेखि वर्षैदेखि मिडिया विहिन भएका पत्रकारहरुको लामो लाइन थियो राष्ट्रपतिले बाढ्ने पदक घाँटीमा झुण्डाउन र सो पदक झुण्डाएको फोटो खिच्नेको भीड । समाजमा घटेका सकारात्मक वा नकारात्मक घटनाहरुको बारेमा आम नागरिकहरुलाई समाचारको माध्यमबाट खवर पु¥याउने र सरकारको गलत काम गतल हो भनी लेख्ने र कुनै दलको सदस्य नलिई पत्रकारिता गर्ने अधिकाशं पत्रकारहरु न सरकारले चिन्छ न दलले चिन्छ ।

000

राजनीतिक पार्टी पिच्छेका पत्रकार संगठन के का लागि ? राजनीतिक दलहरु भन्दा पत्रकार धेरै माथि भएको हुँकार गर्दै आएका छन । दलिय आधारमा, जातीय आधारमा, क्षेत्रका आधारमा, धार्मिक आधारमा लगायत अन्य कुनै पनि आधारमा पत्रकार बिभाजन हुनु दुर्भाग्यपूर्ण कुरा हो तर देशमा सोही विषयमा विभाजित भएका छ ।

000

तर सम्मान र पदक पाउनेमा ती दल विहिन पत्रकारहरु कहिल्यै पाउदैन । पदक र सम्मान पाउने देशमा दुईतिन वटा श्रीमती विवहा गर्ने, मिडियामा नभएका तर दलिय भातृसंगठनका पत्रकारको नाममा खोलिएको संस्थाको परिचय पत्र बोकेका पत्रकारहरुले पाउदै आएका छन् र अहिले त्यही निरन्तरता पाएको छ । सकारात्मक कामलाई प्रोत्साहन दिने नकारात्मक कामलाई हतोत्साहित बनाउने र सत्यतथ्यमा आधारित रहेर निश्पक्ष, स्वतन्त्र र निस्वार्थ ढंगबाट कलम चलाउने नै पत्रकार हो भने सोही मापदण्ड पुरा गर्नु नै पत्रकारिताको धर्म हो । तर नेपालमा ठिक उल्टो छ सो मापदण्डलाई बेवास्ता गरेर सरकारको अन्धभक्तभई समर्थन गर्ने पत्रकार हो र उसैले गरेको पत्रकारिता भएको छ देशमा ।

पत्रकारिता कुनै राजनीतिक दल, कुनै जाति विशेष, कुनै धर्म विशेष, कुनै क्षेत्र विशेष, कुनै बर्ग विशेष भन्दा धेरै माथि हुनु पर्नेमा त्यो नेपालमा नभएको पक्का भएको छ । सो भन्दा बाहिर हुने पत्रकार पत्रकारको कोटामा पर्ने गरेका छैन । अहिले कलमले सत्य छोडेर असत्यको पक्षमा आवाज उठाउछ थालेको छ । पत्रकारिताको एउटै उद्देश्य ,एउटै काम, एउटै मुल्य मान्यता सिद्धान्त विपरित दलिय पत्रकारहरुको राज देशमा चलेको छ । राजनीतिक पार्टी पिच्छेका पत्रकार संगठन के का लागि ? राजनीतिक दलहरु भन्दा पत्रकार धेरै माथि भएको हुँकार गर्दै आएका छन । दलिय आधारमा, जातीय आधारमा, क्षेत्रका आधारमा, धार्मिक आधारमा लगायत अन्य कुनै पनि आधारमा पत्रकार बिभाजन हुनु दुर्भाग्यपूर्ण कुरा हो तर देशमा सोही विषयमा विभाजित भएका छ ।

जसले गर्दा देशमा स्वतन्त्र पत्रकारिता नै रहेको छैन । पत्रकारहरु आफु अनुकूल प्रयोग गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेहरु धेरै छन् यहाँ । आ–आफ्ना स्वार्थमा चलेका कलमहरु निस्वार्थ बन्न किन सक्दैनन् ? आज पत्रकारिता पनि आलोचनाबाट मुक्त हुन सकेको छैन । एकातिर स्वतन्त्र ढंगले कलम चलाउन खोज्ने पत्रकारहरु असुरक्षित हुदै गएका छन् । राज्यले शान्ति सुरक्षा दिन सक्दैन जब सुरक्षा हुदैन तब निश्पक्ष समाचारको आसा गर्न सकिदैन । कोहि कलमको दुरुपयोग गरेर आफ्नो स्वार्थमा लाग्ने र कोहि असुरक्षित हुने अनि कसरी स्वतन्त्र र निश्पक्ष पत्रकारिता हुन्छ ? पार्टीका जनबर्गिय संगठनका रुपमा कलम चलाउने पत्रकारिताको अन्त्य हुनुपर्नेमा झन बढ्दै गएको छ ।

निस्वार्थ भावनाले देश र समाजको सेवामा लागेका पत्रकार माथि राज्यको उपेक्षा रहेको छ । स्वतन्त्र ढंगले पत्रकारिता गर्न पत्रकारहरु जीवन निर्वाहका सबालहरु जोडिएका हुन्छन् । आफ्ना परिवारको पालनपोषण, बालबालिकाहरुको शिक्षा स्वास्थ्य र बृद्ध अवस्थामा राज्यबाट पालनपोषण अपेक्षा गरेको हुन्छ तर सो पाउदैन । कुनै दिन पत्रकारले पदवी पाउंदा धेरैको छाती गर्भले फुल्ने गरेको थियो । मानिसहरु आदर गर्थे । धेरै होईन एक दशक अझै पुगेको छैन, पत्रकारिता पेसा यसरी घीनलाग्दो अबस्थामा पुगेको । आमनागरिहरु हिजोआज पत्रकार बन्ने सपना बुन्दैनन् । बरु खाडी मुलुक जाने सपना देख्न थालेका छन ।

पछिल्लो समय पत्रकार र मिडियाहाउसहरु जसरी राजनितिक दलका भजनमण्डली बन्दै गएका छन र दलिय प्रतिनिधिहरु सगर्व छाती फुलाएर आफुलाई ‘पत्रकार’ बताउदैछन, यसले पत्रकार हुनुमा गौरवभन्दा आत्मग्लानी बढ्दै गएको छ । सत्तारुढ दलका संचारकर्मी भएको खण्डमा तुरुन्तै बरिष्ट पत्रकारको पगरी गुथाउने र २० औ, ४० औ बर्ष पत्रकारिता क्षेत्रमा आफ्नो रगत पसिना बगाएका पुराना पाका पत्रकारहरुलाई तुच्छ ब्याबहार गरिदै आएको छ । केहि पत्रकार र मिडियाहाउसहरु राजनितिक रुपमा यसरि उदांगिदै छन कि उनिहरु निसन्देह कुनै एउटा पार्टीको मुखपत्र बनिरहेका छन । भने अबैध रकम लगानी गरेर मिडिया हाउस स्थापना गरेर अबैधधन्दालाई प्रेस लेखिएको गाडीबाट खुला रुपमा हुदैआएको छ ।

सोही मिडिया हाँउसमा काम गर्ने पत्रकार चाही सामाजिक सञ्जालमा भने भ्रष्टाचार, अनियमितताको चर्को विरोध गर्छ तर आफु कार्यरत हाउसमा आएको लगानी र सो मिडियाको मालिकको अबैधधन्दालाई भने बैद्यानीक मान्दै पुज्दै आएको छ । जनताले यो सब चर्तिकलाको मौन मुल्यांकन गरिरहेका छन र त्यहि अनुरुप प्रेसको बिश्वास पनि गर्न बिस्तारै छाड्दै गएका छन । रेडियो, टेलिभिजन वा पत्रिका या पछिल्लो समयमा मौलाएको अनलाईनको नाम लियो की यो कुन पार्टीको भन्ने कुरा सजिलै भन्न सक्ने भैसकेका छन । ति मिडिया हाउसहरुले आफुलाई त्यसरी नै परिचित गराउदै आएका छ । जसका कारण कतिपय मिडिया हाउसहरुमा बजार प्रतिनिधिको रुपमा काम गर्नेहरुलाई बजारमा बिज्ञापन माग्न जाँदा यसले निकै उप्ठ्यारो पार्ने गरेको छ ।

बिज्ञापनदाताले तपाईको मिडिया कुन पार्टीको हो ? भनेर सिधै प्रश्न गर्न गरेको केही साथीहरुले दुखेसो गरेपछि पत्रकारिता र मिडिया हाउसको अबस्था बाटोमा पोखिएको छ । राजनितिक आस्था नितान्तै बेग्लै कुरा हो । कुनै पनि ब्याक्ती यस्तो आस्थाबाट बिमुख हुदैन । तर आस्थालाई कहाँ प्रयोग गर्ने र कहाँ लुकाउने भन्ने आत्म मुल्यांकन एउटा पत्रकार र मिडिया हाउसले गर्न सक्नु पर्ने थियो । तर त्यो गर्न सकेको छैन । यदी दिलिय पत्रकारिता गर्ने हो भने मिडिया हाउसका भवनमाथि राजनितिक दलका झण्डा राखे हुन्छ । याँ पार्टीको सम्पर्क कार्यालय बनाए हुन्छ ।

पत्रकार रुपी खोल ओढेर जब बिभिन्न राजनितिक पार्टीका कार्यकर्ताहरु आफ्नो पार्टीको प्रचार प्रसारमा आम संचारलाई प्रयोग गर्छन र श्रमजिवी पत्रकारिताको कुरा गर्छन तव आम नागरिकलाई ठम्याउन कठिन हुनजान्छ कि पत्रकारिता वास्तबमा कस्तो पेशा हो ? हो एकातर्फ सरकारको गुणगान गाउने पत्रकारलाई सम्मान र पदक दिनु नौलो कुरा भएन तर यहाँ पत्रकार महासंघ नै ब्याबसायिक पत्रकारहरु छाता संगठन हुन सकेको छैन । सो संस्थाको नयाँ कार्यसुमिति चयन गर्ने समयमा देखिएको दलको हस्तक्षेपबाट प्रष्ट भएको छ पत्रकार महासंघ श्रमजीबी पत्रकारको नभई दलको भातृ संगठन । ब्यावसायिक हित, मर्यादा र मुल्यांकनको कसीमा उदाहरण बन्नुपर्ने पत्रकारहरुको यतिबिध्न राजनितिक लडाई पक्कै पनि चौथो अंगका लागि अभिशाप हो । राजनितिक दलको झण्डा बोक्दै स्वतन्त्र पत्रकारिता गरेको धाक लगाउने त्यस्ता पत्रकारहरुनै यो देशका बरिष्ठ पत्रकार र देशलाई पत्रकारिताको क्षेत्रबाट उच्च योगदान गरेको भन्ने पगरी गुथाउदै आएको छ सरकारले ।

पत्रकारको नाममा अघोषित राजनितिकर्मी बनेर पेशामा कलंक थप्ने अधिकार कसैलाई पनि छैन, जुन पत्रकारिताको अन्तराष्ट्रिय आचारसहिता भित्र पर्दैन । देशका प्रायः सबै पार्टीले पत्रकारका संगठनलाई आफ्नो जनबर्गिय संगठन बनाउने जुन होड मच्चाईरहेका छन त्यो स्वतन्त्र प्रेशमाथिको ठाडो हस्तक्षेप र चुनौति हो । खासगरि २०४६ सालको राजनितिक परिवर्तनपछि प्रेस स्वतन्त्रताका नाममा स्वतन्त्र प्रेसलाई निरुत्साहित गरेर प्रेसलाई पार्टीकरण गर्ने काम भएको छ । यो हाम्रो जस्तो देशकालागि खतरनाक कुरा हो । पत्रकार आचारसहितामा पत्रकारले कुनै राजनितिक संगठनको सदस्यता लिन हुदैन भनिएको छ ।

000

पछिल्लो समय पत्रकार र मिडियाहाउसहरु जसरी राजनितिक दलका भजनमण्डली बन्दै गएका छन र दलिय प्रतिनिधिहरु सगर्व छाती फुलाएर आफुलाई ‘पत्रकार’ बताउदैछन, यसले पत्रकार हुनुमा गौरवभन्दा आत्मग्लानी बढ्दै गएको छ । सत्तारुढ दलका संचारकर्मी भएको खण्डमा तुरुन्तै बरिष्ट पत्रकारको पगरी गुथाउने र २० औ, ४० औ बर्ष पत्रकारिता क्षेत्रमा आफ्नो रगत पसिना बगाएका पुराना पाका पत्रकारहरुलाई तुच्छ ब्याबहार गरिदै आएको छ । केहि पत्रकार र मिडियाहाउसहरु राजनितिक रुपमा यसरि उदांगिदै छन कि उनिहरु निसन्देह कुनै एउटा पार्टीको मुखपत्र बनिरहेका छन । भने अबैध रकम लगानी गरेर मिडिया हाउस स्थापना गरेर अबैधधन्दालाई प्रेस लेखिएको गाडीबाट खुला रुपमा हुदैआएको छ ।

000

तर अधिकांस पत्रकारहरु कुनै न कुनै पार्टीका सदस्य छन । अझ पत्रकारहरु बिभिन्न दल र दलनिकटका संगठनहरुमा विविध पदमा बसि तिनै दलका कार्यक्रममा सार्बजनिक रुपमै आसनगहण गर्न पुग्छन । त्यसमा उनिहरुलाई गर्भ लाग्दो हो तर समाजले थुक्छ । नेपालको पत्रकारिता राजनितिक जालोमा यसरी बांधिएको छ दलिय पत्रकारका संगठन र उनका संरक्षकहरु स्वतन्त्र पत्रकारिताको पक्षमा लाग्ने पत्रकारलाई हरेक प्रकारको असहयोग, अपमान र असुरक्षा सृजना गरेर हायल कायल पारेर आफ्नो हालिमुहालि जमाउन उद्धत रहेका छन । आफ्नो दलिय संगठनमा बसे त्यहि मान्छे बरिष्ट पत्रकार होईन स्वतन्त्र रुपमा बस्न चाहनेहरुलाई गैरपत्रकार भन्ने आरोप समेत थोपर्न गरिएको छ । सत्य सधै सत्य नै रहिरहन्छ ।

त्यस्ता गतिबिधिहरुको पाठक, श्रोता र दर्शले पनि राम्ररि मुल्यांकन गरिरहेका छन । यि सबै अप्ठ्यारासंग निर्भयका साथ जुद्धै स्वतन्त्र र ब्याबसायिक पत्रकारिता गर्ने हिम्मत गर्ने एकदर्जन मात्रै पत्रकारहरु निरन्तर र क्रियासिल भईरहने हो भने पनि त्यस्ता गलत मनसाय बोकेकाहरुको बिस्थापन निष्चित हुन्छ र नेपालको पत्रकारितामा नयाँ तरंग पैदा हुने थियो । पत्रकारिता पेशालाई अझ स्वतन्त्र बनाउनुपर्छ भन्ने कुरा नेपालमा पटक पटक उठ्ने गरेको पाईन्छ र यो हुनुपनि पर्छ किन भने कुनै पनि देशको प्रजातन्त्र कत्तिको बलियो छ भन्ने कुरा त्यहाको पत्रकारिता कत्तिको स्वतन्त्र, निक्ष्पक्ष र राजनितिक पुर्वाग्रहबिहिन छ भन्ने कुराले मापन गर्दछ ।

आफ्नो ब्याक्तिगत र नीजि स्वार्थपुर्ति गर्ने थलो होईन पत्रकारिता । तर नेपालमा यसैलाई प्रयोग गरिदै आएको छ । पत्रकार भन्ने बित्तिकै राजनितिक आवरण ओडेका बिभिन्न दलका भजनमण्डली भनेर अरुले नाक खुम्च्याएको हेरिरहनु परेको छ । सदाचारि समाज निर्माणमा पत्रकारले आफुलाई उभ्याउन सकेको छैन ।  देशमा संविधान दिवस आयो । त्यही नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भन्ने शव्द पनि राखिएको छ । सोही शव्दको विपरित अर्थात संविधान विपरित मिडिया काउन्सिलको नाममा पत्रकालाई लेख्न बाट बञ्चित गर्ने रणनीति दुई तिहाई सरकारले ल्याएर अहिले संसदमा पेश भएको थियो । तर सो विद्येयक अहिले संसदमा विचारधिनकै अबस्थामा रहेको छ । सोही विद्येयकको विरुद्धमा पत्रकारहरु आन्दोलित पनि भए । तर सो विद्येयक ठिक छ भनेर समर्थन गर्ने पत्रकारहरु अहिले अहिले पदकबाट सम्मानित भएको पाईएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका बिभिन्न क्षेत्रमा योगदान पु¥याएका कर्मठ नेपालीहरुलाई सम्मान गरेको भन्नै कालाधनबाट सञ्चालित केही अनलाईनबाट पनि समाचार आयो । त्यो आएको समाचारमा उल्लेख गरिएको नामहरु अधिकाशं दलको कृयाशिल सदस्य रहेका छन् । यहाँ राष्ट्रपति भण्डारीबाट को को पत्रकारलाई मानपदवी, अलंकार र पदक दिइयो सो पाउनेहरुको नाम लेखि रहनु उचित देखिदैन किनकी उनीरु सवै खल्तीमा सवै प्रकारको परिचय पत्र राखेर हिड्ने पत्रकार हुन । सानादेखी ठुला पत्रकारसम्म सबै प्रभुको शरणमा रहेका छन् । देश चलाउने हामी नै हो भन्दै चोकचौतारो र चियापसलदेखि बेलुकाको भट्टी पसलमा समेत हुँकार गर्ने पत्रकारहरु धेरै छन् । पत्रकार महासंघलाई पनि दलिय कार्यकर्तारुपी पत्रकाहरुको संगठन हो भनिरहनु पर्दैन । जसरी राजनितिक नेतृत्वले विदेशी हस्तक्षेप निम्ताएका छन् त्यसरी नै स्वमं पत्रकारहरुले मिडियामा राजनितिक हस्तक्षेप भित्राएका हुन् ।

संगठित हुन पाउने अधिकारको प्रयोगका नाममा राजनितिक आस्थाका आधारमा दलगत पत्रकारहरुका संगठन खोलीएका छन् । कुनैपनि दलको भातृ संगठनले पार्टीको अहित हुनेगरी सार्वजनिक रुपमा केही बोल्न र लेख्न सक्तैन । अनि कसरी दलिय पत्रकारहरुबाट निश्पक्ष समाचार सम्प्रेषण हुन्छ भनेर विश्वास गर्ने ? अधिकांश पत्रकारहरु दलिय झण्डा बोकेर हिँडेका छन् । आस्था भएपनि दर्शक, श्रोता र पाठकको न्याय खोज्नेहरु पनि प्रसस्तै छन् । तर दलगत, दलभित्रको पनि गुटगत वा ब्यक्तिको ढोँगीकारिता गर्ने पत्रकारहरुको भिडमा सुसुप्त देखिछन् । पत्रकारको संस्थाको निर्वाचनका बेला कांग्रेस र माओवादी, एमाले, राप्रपालगायत अन्य दलको प्यानल बनाएर चुनावी मैदानमा उत्रीरहेका छ ।

लेखक 

यसअघिका पत्रकार महासंघको चुनावलाई हेर्दा पनि उच्च पदमा निर्वाचित पदाधीकारीहरु कोही दलगत पार्टी कार्यालय, कोही नेताका निवास दौडधुप गरेका निर्लज्ज तस्विरहरु सामाजिक सञ्जाल र पत्रिकाका पाना र टेलिभिजनका स्कृन रंगिएका थिए । फलानो पदाधरीकीलाई निवासमै वा कार्यलयमा बोलाएर फलानो नेताले यस्तो सुझाव दिए भनेर जनतालाई समाचार सुनाए ।

पत्रकारहरुको यस्तै दासी मनोवृति हटाएर ब्यक्तिको संगठनलाई अघि बढाउने योजना, नेतृत्व क्षमतालाई आधार मानेर लोकतान्त्रिक पद्धती अनुसार आगामी दिनमा पत्रकारहरुले स्वतन्त्र रुपमा काम गर्न सकेमा राम्रो हुने थियो । अनी सरकारले दिने पदकको कदर हुने थियो की ?

जय होस ।    [email protected]

 

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!