पुनम बलिउडसँगै नेपाली फिल्म निर्माणको तयारीमा समेत रहेकी छन् । उनको पहिलो नेपाली फिल्मलाई ‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन् । पुनम बलिउड र नेपाली फिल्म निर्माणको तयारीमा भए पनि उनले निर्माण गरेको एक हिन्दी गीत भने सार्वजनिक भइसकेको छ । दुई हप्ता अगाडि भारतको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको गीतलाई पुनमले निर्माण गरेकी हुन् । गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर रहेको छ । यूट्युब रिलिजको दुई हप्तामा चार लाखभन्दा बढी भ्यूज बटुल्न सफल भएको गीतलाई दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया मिलेको छ ।गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ । रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । ‘इबादत’ गीतलाई दर्शकले रुचाएपछि पुनमले अर्को पनि हिन्दी गीत निर्माण गरेकी छन्, जुन दशैंको छेकोमा भारतको ‘टि सिरिज’ कम्पनीको यूट्युब च्यानलबाट सार्वजनिक हुनेछ । मनोरञ्जन क्षेत्रमा मधेशका महिलाको सहभागिता बढाउने उद्देश्य बोकेर फिल्म र गीत निर्माणमा होमिएकी पुनम नेपालको राजनीतिमा पनि सक्रिय रहेकी छन् । उनी एक सफल ‘विजनेश वुमन’ पनि हुन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!