चौधरी ग्रुपको अर्को ठगी : खरिद गरेको सेयर रकम दिएन

- July 14, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । उच्च घरानीया कम्पनी तथा विश्वको धनीको सूचीमा रहेको भन्दै हुँकार गर्ने चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसको समानुपालिक तर्फबाट संघिय सभाको सदस्य रहेका बिनोद चौधरी एक पछि अर्को अबैध कार्यका कारण विवादीत बन्दै गएका छन् । विश्वको धनी भएको हुँकार गरि भारतको राजस्थान स्थियी घर जनाई भारत र नेपालको दुईवटा नागरिकता बोकी हिड्ेका चौधरीले देशलाई बुझाउनु पर्ने कर, राजश्व, भ्याट र आयकर छली गरि अकुत सम्पत्ति कमाई सरकारी अनुदान लिदै आएका व्यक्ती हुन ।

उनले लामो समयदेखि देशको ढुकुटीमा बुझाउनु पर्ने रकमलाई अबैधबाटो बाट विदेशमा लगानी गरि आएका छन । नेपालको विद्यमान ऐन अनुसार नेपालीले विदेशमा लगानी गर्न नपाउने व्यबस्था भएपनि सो ऐन विपरित चौधरी ग्रुपको नाममा लागनी हुदै आएको छ । यसबीच, विद्यमान ऐनलाई समेत लत्याउदै आएका चौधरी ग्रुप पछिल्लो समय पुनः लेनदेनको विषयमा विवादमा परेको समाचार प्राप्त भएको छ ।

चौधरी ग्रुपसहित दुई कम्पनीले सेयर बिक्री गरिएको रकम समयमा नै उपलब्ध नगराएपछि सम्राट सिमेन्टका लगानीकर्ताले सेयर कारोबार रोक्का गर्न सम्बन्धित बैंकहरुलाई पत्र पठाएको छ । बैंकलाई लेखिएको पत्रमा सेयर क्रेताहरूले सम्झौताअनुरुप आर्थिक व्यवहार नगरेको विवरण उल्लेख छ । सम्राट सिमेन्टका मुख्य लगानीकर्ता मुकुन्द तिमिल्सिना, छुतेन लामा, प्रज्ञान तिमिल्सिना, उद्धव रेग्मी, सुधीरप्रसाद तिमिल्सिना र ज्ञानेन्द्र खनालले संयुक्त रुपमा पत्र लेख्दै बैंकलाई सम्राट सिमेन्टको खाता तथा कारोबार रोक्का गर्नका लागि आग्रह गरेका छन् ।

२०७७ चैत ३ गते लगानीकर्ता बैंकको रोहबरमा सम्राट सिमेन्टको ३४ दशमलव २५ प्रतिशत सेयरमध्ये ३० प्रतिशत चौधरी ग्रुप र ४ दशमलव २५ प्रतिशत अनिल रुङगटाले किन्ने सम्झौता गरेका थिए । सम्झौताअनुरुप क्रेताहरुले २० वैशाखभित्र सेयरको रकम चुक्ता गर्ने सहमति गरेका थिए । तर चौधरी ग्रुप र रुंगटाले वैशाख २० गतेभित्र नै रकम सम्बन्धित सेयर बिक्रीकर्ताहरुको खातामा नहालिदिएपछि सेयर किनबेच गर्नेहरुबीच विवाद चर्किएसंगै बैंकको कारोबार समेत रोक्का गर्न आग्रह गरेको छ ।

सम्राट सिमेन्ट उद्योगमा सिटिजन्स इनटरनेसनल बैंकले लगानीका लागि ‘लिड’ गरिरहेको छ । सेयर किनेको रकम तिर्ने अवधि ६० दिन कटिसक्दा पनि खरिदकर्ताबाट कुनै प्रतिक्रिया नआएकाले आफूहरु बाध्य भएर खाता तथा कारोबार रोक्का गर्न बाध्य भएको एक लगानीकर्ताले जानकारी दिए । अन्तिम म्याद नाघेको दुई महिना कट्दा पनि रकम खातामा नआएपछि अध्यक्ष तिमिल्सनासहित अन्य लगानीकर्ताहरुले असार २३ गते खाता तथा कारोबार रद्दका लागि बैंकमा पत्र पठाएका हुन् ।

सम्राट सिमेन्ट उद्योगमा सिटिजन्स इनटरनेसनल बैंकले लगानीका लागि ‘लिड’ गरिरहेको छ । सेयर किनेको रकम तिर्ने अवधि ६० दिन कटिसक्दा पनि खरिदकर्ताबाट कुनै प्रतिक्रिया नआएकाले आफूहरु बाध्य भएर खाता तथा कारोबार रोक्का गर्न बाध्य भएको एक लगानीकर्ताले बताएका छन् । चौधरी ग्रुपसहित रुङगटाको कम्पनीले एक प्रकारको बेइमानी गरेको लगानीकर्ताको भनाई रहेको छ । सम्राट सिमेन्टको सेयर खरिद तथा बिक्री सम्झौतामा तोकिए बमोजिमको समय तथा सर्त बमोजिम सेयर खरिद बिक्री तथा भुक्तानी सम्बन्धी व्यवस्था कार्यान्वयन हुन नसकेकाले यस बैंक तथा सहवित्तीय करणमा सहभागी अन्य बैंकहरुसँगका सम्पूर्ण कारोबारसँगै उक्त कम्पनीका नाममा रहेका खाताहरुसमेत रोक्का गरी पाऊँ भन्दै पत्र लेखेको छ ।

सम्राट सिमेन्टका मुख्य लगानीकर्ताबीच आन्तरिक द्वन्द्व बढेपछि अध्यक्ष तिमिल्सिनासहित ६ जना लगानीकर्ताहरुले आफ्नो सेयर चौधरी ग्रुप र रुङगटालाई बेच्ने निर्णय गरेका थिए । सम्झौताबमोजिम चौधरी ग्रुप र अनिल रुङगटाले वैशाख २० गतेभित्र नै सेयर रकम उपलब्ध नगराएपछि दुवै पक्षबीचको किचलो पर्न गएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!