बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको निधन

- July 7, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित हिन्दुजा अस्पताललाई उद्धृत गर्दै बीबीसी हिन्दीले दिलीप कुमारको निधन भएको पुष्टि गरेको छ ।  बीबीसी हिन्दीका अनुसार बुधबार बिहान साढे ७ बजे उनको निधन भएको हो । दिलीप कुमारको आधिकारिक टिवट्र ह्यान्डलबाट पनि उनको निधन भएको जानकारी दिइएको छ । कुमारका पारिवारिक मित्र फैसल फारुकीका तर्फबाट उक्त जानकारी दिइएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!