ओम सर्जिकलले विना अनुमति एन्टिजेन परीक्षण किट्स आयात : रोकियो विमानस्थलमै अबैध सामान

- May 19, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कोरोना भाइरसको परिक्षण गर्ने भन्दै सरकारसंग कुनै पनि अनुमति नलिई विदेशबाट सर्जिकलका सामान भित्रन थालेका छन् । यसरी सरकारलाई जानकारी नै नदिई आफुखुशी विदेशबाट काठमाडौं त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालि नामक कम्पनीले सो किट् नेपाल भित्राएपछि अहिले सो कम्पनी विवादमा मुछिएको छ । सरकारी अनुमति र कुनै ऐजेन्सी विनानै सो कम्पनीले एन्टिजेन परिक्षण किट ल्याएपछि अहिले त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा रोकिएको छ । सो बारे थप अनुसन्धान भै रहेको सो कार्यालयले जनाएको छ । स्मरण रहोस, सो कम्पनी गत वर्ष मुल्यअभिबृद्धि कर (भ्याट) छली गरेको विषयमा समेत अनुसन्धान भै अन्त्यमा सरकारले न्यून जरिवना गरेर उन्मुक्ति दिएको कम्पनी हो ।

सो कम्पनीबाट पटकपटक मानवको स्वास्थ्यसंग खेलवाड गर्दै आएको आरोप लाग्दै आएको छ । भने अहिले सो कम्पनी प्रेम भण्डारी भन्ने व्यक्तीले हेर्दै आएका छन् । स्वास्थ्यलाई देखाई देशभर सर्जिकलका सामान बिक्री गर्दै आएको छ । सो कम्पनी हाम्स अस्पतालबाट गोप्य रुपमा सञ्चालन भएको छ । भने ओम सर्जिकलले ल्याएको सो परिक्षण किट हाम्स अस्पतालमै प्रयोग गर्ने उदेश्यले ल्याईयो या अरुलाई बिक्री गर्ने उदेश्यले ल्याइएको हो भन्ने बारे भने अहिले केही खुलेको छैन । यस सम्बन्धमा पटकपटक ओम सर्जिकलमा फोन सम्र्पक गर्दा फोन रिसिभ भएन ।

यसअघि राजश्व अनुसन्धान विभागले भ्याट छली गरेको भन्दै गत वर्ष अनुसन्धान गरेको थियो । सो अनुसन्धानबाट अर्बौ रुपैयाँ छली गरेको खुलेपनि विभागले भने न्यून जरिवना असुली गरी उन्मुक्ति दिएको थियो । विभागले १ लाख बिगो गर्नेलाई २० करोडभन्दा बढी जरिवाना माग गर्दै मुद्दा दायर गरेको भएपनि सो कम्पनीलाई भने १ करोड ९ लाख रुपैयाँ जरिवान गरेको विभागले जनाएको थियो ।  अर्बाैं घोटाला गर्ने ओम सर्जिकलका रामशरण भण्डारीलाई १ करोड ९ लाख बिगो कायम गरी मुद्दा दर्ता गरेर उन्मुक्ति दिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!